site stats
बाह्रखरी :: Baahrakhari
खेल
बेलारुसको पोष्टमा बेल्जियमको आठ गोल 

काठमाडौं । बेल्जियमले फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको तेस्रो खेलमा फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा बेल्जियमको जितमा टिमका ६ फरक खेलाडीले गोल गरेका थिए ।  घरेलु मैदानमा भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले पराजित गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेल्जियमको जितमा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई–दुई गोल गरे । यस्तै मिची बात्सुआई, जेर्मी डोकु, डेनिस प्रयट र क्रिस्टियन बेन्टेकेले एक एक गोल गरे ।

पहिलो हाफमा चार गोल गरेको बेल्जियमले दोस्रो हाफमा थप चार गोल गर्न सफल भएको थियो । 

जितसँगै समूह ‘ई’ मा झन बलियो बनेको छ । बेल्जियमले ३ खेलमा ७ अंक जोडेको छ । पराजित बेलारुसले २ खेलमा ३ अंक जोडेको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०९:३२
प्रतिक्रिया दिनुहोस्