site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् छल्न खोज्दै प्रधानमन्त्री, ‘बिजनेस’ पनि नदिने !

काठमाडौं । संसदलाई ‘बिजनेस’ दिन सरकार अनिच्छुक देखिएको छ । सोमबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलले संसदलाई बिजनेस नदिने संकेत गरेको हो । मंगलबार १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । 

कार्य व्यवस्था परामर्श समितिको बैठकमा मंगलबारको बैठकका एजेन्डाका विषयमा छलफल भएको थियो । 

तर सत्तारुढ दलका प्रतिनिधिले बैठकलाई बिजनेस दिनेबारे प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्छ भन्दै आलटाल गरेको बैठकमा सहभागी एक सांसदले बताए । 

Dabur Nepal
NIC Asia

उनले भने, “संसदलाई बिजनेस दिन सरकार तयार भएन । नेताहरु बोल्ने कार्यक्रम राखौँ भन्दा नराखौँ भन्छन् । अध्यादेश अगाडि बढाऊँ भन्दा पनि नबढाऊँ भन्छन् ।” 

सत्तारुढ सांसदले बिजनेस दिन अनिच्छा देखाए पनि प्रतिपक्षी दलका सांसदले बिजनेस नै नदिने भए बैठकको औचित्य नहुने भन्दै प्रतिवाद गरेका थिए । 

करिब ८ महिनापछि आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो । 

पुस ५ गते विघटित प्रतिनिधि सभा सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापित गरिदिएपछि  दुईपटक बैठक बसिसकेको छ । 

कार्य व्यवस्था परामर्श समितिको सदस्य जसपा सांसद लक्ष्मणलाल कर्णले मंगलबारको एजेन्डाको विषयमा कानुनमन्त्री लिला श्रेष्ठले प्रधानमन्त्रीसँग सल्लाह गरेर जानकारी गराउँछु भनेको बताए ।

“एजेन्डै नभइ त के संसद् चल्ला ? मैले त के भनेँ भने एउटा संसदले एउटा कुराको फाइनल नै गर्न सक्छ । दुईटै सभाको अधिवेशन बोलाउनुपर्छ । अनि न केही पारित हुन्छ,” कर्णले भने । तर, आफुहरुले राखेको प्रस्तावमा सरकार पक्ष अनिर्णित रहेको बताए । 

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमेख सचेतक बालकृष्ण खाँणले पनि बैठकमा संसदलाई सरकारले बिजनेस दिनुपर्ने माग गरेका थिए । 

सत्तारुढ दल नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी भएको सभामुखको सचिवालयले जनाएको छ । त्यस्तै, एमालेका सांसद खगराज अधिकारी पनि बैठकमा सहभागी थिए । नेकपा माओवादीका सांसद देव गुरुङ पनि बैठकमा सहभागी थिए । 

विघटन बदरपछि बसेको प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचीमा संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याइएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीले बेल घेराउ गरेका थिए । 

१५ मिनेटका लागि स्थगित बैठक सूचना टाँस गरेर स्थगन गरिएको थियो । दोस्रो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro