site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महासचिवको कक्षमा गलफती, न्युनतम काम नगर्ने भए कुर्सीमा किन बसेको ?

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले संसदीय दलले गरेको निर्णयका बारेमा जानकारी औपचारिकरुपमा गराउन संसद् सचिवालयका महासचिव भरत गौतमको कार्यकक्षमा पुगे पनि संसद् सचिवालयले अहिले दर्ता गर्न नसकिने जनाएको छ ।

लामो समयदेखि नेकपाका शीर्ष नेता र महासचिवसहित संसद् सचिवालयका कर्मचारीको गलफती भइरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासचिव गौतमले निर्वाचन आयोगले पार्टीको विवाद टुंगो लगाइदिएपछि मात्रै निर्णय गर्ने जानकारी गराएका थिए ।

त्यसपछि दाहाल–नेपाल समूहका नेताहरु आक्रोशित बनेका थिए ।

“के हामी गृह मन्त्रालयमा दर्ता गर्न जाने त ?,” महासचिवको कार्यकक्षमा रहेका नेकपाका एक नेताले भने, “न्युनतम प्रशासनिक काम पनि गर्न नसके पछि किन महासचिवको कुर्सीमा बसेको ?”

अहिले महासचिवले संसद् सचिवालयकै सचिवहरुसँग छुट्टै परामर्श गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १४:४७
प्रतिक्रिया दिनुहोस्