site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
‘एनसेल बाह्रखरी गल्फ’ पोखरामा सुरु, प्रधान सेनापतिद्वारा उद्घाटन 

काठमाडौं । ‘एनसेल बाह्रखरी आमन्त्रण गल्फ’ पोखरामा सुरु भएको छ ।

नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्यअनुरुप नियमितरुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिएको हो ।

पोखराको हिमालयन गल्फ कोर्समा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले ‘फस्ट टि अफ’ गर्दै खेलको उद्घाटन गरेका छन् । प्रतियोगितामा ७४ कर्पाेरेट खेलाडीको सहभागिता रहेको छ । सबै खेलाडीले १८ होल खेल्नेछन् । 

प्रतियोगिताको उद्घाटन गर्दै प्रधान सेनापति थापाले यस्तो अवस्थामा पनि गल्फ गरेर बाह्रखरीले पोखराको पर्यटन प्रवर्द्धनमा ठूलो सन्देश प्रवाह गरेको बताए । 

“बाह्रखरीले यस्तो अवस्थामा पनि गल्फ गर्ने साहस देखाएको छ । जसले गर्दा पोखराको पयर्टन मात्र होइन पूरै नेपालमा नयाँ सन्देश प्रवाह गरेको छ,” थापाले भने ।  उद्घाटन कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले बाह्रखरीसँग यो खालको प्रतियोगितामा सहकार्य गर्दै पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

Global Ime bank

 

विगतका वर्षहरुझैँ यो वर्ष पनि बाह्रखरीले कोभिड १९ को महामारीले असर गरेको बेलामा कार्यक्रम गर्ने साहस देखाएकाले आफूहरुलाई पनि प्रोत्साहन गरेको उनले बताए ।

 

 

 

“बाह्रखरीले हरेक वर्ष हामीसँग सहकार्य गर्दै सफलतापूर्वक गल्फ प्रतियोगिता आयोजना गर्छ । यो वर्ष यस्तो अवस्थामा गल्फ गर्ने साहस देखाएकोमा हामी खुसी छौँ । यो कुरालाई हामी सबैले प्रोत्साहन गर्नुपर्छ,” चोङ्गले भने । 

खेलमा सहभागी खेलाडी तथा पाहुनालाई बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान र प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले हिमालयन गल्फ कोर्समा स्वागत गरेका थिए ।

 

७४ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । 
साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै होल इन वन गर्ने खेलाडीलाई हुन्ड्याई ग्रान्ड आइटेन नियोस उपहार राखिएको छ ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ  र संघीय पर्यटन मन्त्री भानुभक्त ढकालले पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको छ ।

कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्त पारेको वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाई नै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष पोखरामा ‘एनसेल बाह्रखरी गल्फ’ आयोजना गरिएको हो ।

प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीको सहभागिता रहेको छ । गल्फरबाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जी जम्पिङ्, र्‍याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गरिएको छ ।

 

त्यस्तै पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले शुक्रबार साइकल र्‍याली आयोजना गरिएको थियो । र्‍यालीको पोखराका मेयर मानबहादुर केसीले उद्घाटन गरेका थिए ।

एनसेल प्रमुख प्रायोजक रहेको गल्फ प्रतियोगितामा खेलाडीसहित चार सय पाहुना सम्मिलित हुनेछन् । 

प्रतियोगितामा उपस्थित पाहुनाका लागि १६ वटाभन्दा बढी होटलमा बस्ने व्यवस्था गरिएको छ भने रेष्टुरेन्ट एवम् बार एशोसिएसन पोखरासँग आवद्ध २५ बढी रेष्टुरेन्टमा बाह्रखरीका पाहुनाका लागि विशेष छुटको व्यवस्था हुनेछ । 

 

साथै पोखरा आइपुगेका पाहुनाले आफ्नै खर्चमा यस क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न चाहेमा कैलाश हेलिकप्टर्स, अल्टिच्युड हेलिकप्टर्स तथा प्रभु हेलिकप्टर्सले विशेष छुटमा पोखरा र यस वरिपरीका हिमालयहरूको दृश्यावलोकन गराउनेछन् । 

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको सहकार्य रहेको छ ।  अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेका छन् ।

बाह्रखरी मिडिया प्रतियोगिताको प्रमुख आयोजक रहेको प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी गराए ।

 

बाह्रखरी मिडिया हाउसले अघिल्लो वर्ष सगरमाथा क्षेत्रमा गल्फ खेल आयोजना गरेको थियो । यो प्रतियोगिता विश्वकै सबैभन्दा उचाईमा (४२५० मिटर) गरिएको पहिलो प्रतियोगिता थियो, जसको समाचार विश्वका दुई सय बढी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए ।

 

 

अमेरिकाबाट प्रकाशित हुने संसारकै सर्वोत्कृष्ट म्यागेजिन गल्फ डाइजेस्टले यो समाचारलाई कभरसहित ८ पेजमा विस्तृत विवरण प्रकाशित गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu