
पोखरा र नेपालकै पर्यटन भूकम्पछि डाउन भएको थियो । त्यसपछि विस्तारै आन्तरिक र बाह्य पर्यटन पनि रिभाइभ भएको थियो । फेरी अहिले कोभिड १९ महामारीले संसारलाई नै अस्तव्यस्त बनायो । पर्यटन भनेको नै मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्नको लागि ट्रान्सपोर्ट र हवाई सेवा महत्वपूर्ण हुन्छ, हामी जस्तो भूपरिवेष्ठित देशमा । तर, त्यो नै ठप्प भयो । यो दुईवटा व्यवसाय नै डाउनफलमा जानु भनेको नै पर्यटन व्यवसाय पनि डाउन हुनु हो ।
यात्रा नभइ पर्यटन हुँदैन । अहिले खोप आएपछि मान्छेहरु अलिकति यात्रा गर्नुपर्छ भन्नेमा थिए तर फेरि दोस्रो चरणको भाइरस आएपछि यात्रा गर्ने तयारीमा रहेका पनि रोकिए । अब आन्तरिक पर्यटनको मुभमेन्ट बढाएर मान्छेको कन्फिडेन्स लेबल बढाउनुपर्ने छ । भाइरसबाट अझै पाँच–छ महिना बच्नुपर्ने बेला छ । अझै पनि हामीले स्वास्थ्यका सामान्य मापदण्ड पालना गर्न सकिरहेको अवस्था छैन । पशुनाथले नै बचाइरहेका छन् भन्छु ।
यसले केही शहरहरुलाई बढी प्रभावित पा¥यो । र, हाम्रा हिमाली एवं पहाडी गाउँहरु सुरक्षित रहे । किनभने त्यहाँ पर्यटक र आन्तरिक आवतजावत पनि नभएको कारणले । त्यसैले हाम्रा हिमाली क्षेत्र, पर्यटकीय क्षेत्र सुरक्षित छन् भन्ने कुराको सन्देश विश्व बजारलाई दिनुपर्ने छ । आन्तरिक पर्यटनमा युवाहरुको चहलपहल बढेकाले पोखरामा १५–२० प्रतिशत चलेका छन् । यो पनि सकारात्मक हो । विस्तारै यो प्रतिशत बढाउन सक्यौ र २०–३० प्रतिशत बाह्य पर्यटक ल्याउन सक्यौं भने फेरी पर्यटन क्षेत्र विस्तारै रिभाइभ र सर्फाइभमा जान्छ ।
थप आन्तरिक मुभमेन्ट बढाउनको लागि सरकारले आफ्ना कर्मचारीको लागि पेड होलिडेको अवधारणा ल्याउनुपर्छ । यस्तै खेलदेखि अन्य गतिविधिहरु बढाउनुपर्छ । किनकि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि गतिविधिहरु गर्नुपर्छ । गल्फ, साइकिलिङ, कन्सर्ट, म्याराथुन, फुटबल, क्रिकेट जस्ता खेलबाट पनि एउटा मुभमेन्ट ल्याउनुपर्छ ।
खेलकुदका गतिविधि हुँदा त्यो ठाउँ सुरक्षित छ भन्ने सन्देश जान्छ । मेला, महोत्सव पनि भईरहेको छ भन्ने सन्देश दिन यस्ता गतिविधि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा पनि गर्नुपर्ने आवश्यकता छ । यसै सन्दर्भमा बाह्रखरीले गर्न लागेको गल्फले राष्ट्रिय खेलाडीहरु–अन्तर्राष्ट्रिय खेलाडीहरु र नेपालस्थित विभिन्न राजदूत, कुटनीतिज्ञहरुलाई पनि गल्फ खेल्न बोलाउनुभएको छ ।
यसले अन्तर्राष्ट्रिय बजारमा पनि नेपाल, पोखरा सुरक्षित छ है भन्ने सन्देश जान्छ । राजदूतहरु नै गएर खेल्न थाल्नुभयो, कुटनीतिज्ञहरु पनि खेल्न जान थाले, राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी पनि खेल्न थाले भनेपछि खेलको मुभमेन्टले पक्कै पनि सकारात्मक सन्देश आन्तरिक एवम् अन्तर्राष्ट्रिय बजारलाई पनि दिन्छ । नेपालस्थित विभिन्न कूटनीतिज्ञ पोखरामा आएर गल्फ खेल्दा त उहाँहरुको देशमा पनि यो सन्देश जान्छ । त्यसले गर्दा पनि उहाँहरुमार्फत आफ्ना नागरिकलाई घुम्न आउन सक्छौँ भन्ने सन्देश दिन सहयोग पु¥याउँछ ।
अन्तर्राष्ट्रिय मिडियामा नेपालको पहुँच पुग्न सकेको छैन । यस्तो कार्यक्रमले कुटनीतिज्ञहरुमार्फत अन्तर्राष्ट्रिय मिडियालाई पनि सकारात्मक सन्देश दिन सक्छ । सामाजिक सञ्जालसहित छापा, अनलाइन, टीभीमार्फत नेपालको बारेमा सकारात्मक सन्देश जान्छ भन्ने मलाई लागेको छ । जति हामीले मुभमेन्ट ग¥यो, त्यति नै पर्यटन रिभाइभ हुने हो । अहिले पर्यटन क्षेत्र सर्भाइभमा पनि छैन, डाउनफलमा गएको छ ।
सर्भाइभ र रिभाइभमा गएपछि मात्रै पर्यटन क्षेत्र अगाडि जान्छ । यस्ता कार्यक्रमले राजनीतिक चलखेल मात्र होइन पर्यटनका गतिविधिमा पनि सहभागि बनाउन सक्यौं भने यसले सकारात्मक सन्देश दिन्छ । पर्यटन, विकासका गतिविधिमा कुटनीतिज्ञहरुलाई सहभागी बनाउन सक्नुपर्छ । जति धेरै खुलकुदको गतिविधि गर्न सकिन्छ, त्यति धेरै त्यस्ता ठाउँ सुरक्षित रहेको सन्देश प्रवाह हुन्छ ।
यसले राष्ट्रिय रुपमा मात्रै नभई अन्तर्राष्ट्रिय रुपमा पनि सकारात्मक सन्देश दिन्छ र पर्यटन प्रबर्द्धनका लागि निकै सहयोगी भूमिका खेल्ने छ । कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका उद्योगी व्यवसायीसँग जारी राखेको कुराकानीमा भट्टराईको यस्तो धारणा आएको हो ।
सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले शनिबार पोखरामा आमन्त्रण गल्फ आयोजना गर्न लागेको छ । एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ ।
अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।