site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 पीसीआर रिपोर्ट चाहिँदा आन्तरिक पर्यटक पनि प्रभावित भए

पर्यटन व्यवसाय कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित व्यवसाय हो । हामी कसरी ‘न्यु नर्मल’ अवस्थामा जान सक्छौं भन्ने नै महत्त्वपूर्ण विषय हो । एनसेल बाह्रखरी गल्फले पनि पोखराको पर्यटनमा केही न केही आयाम थप्छ भन्ने लागेको छ । पर्यटन क्षेत्रलाई अगाडि बढाउने विषयमा धेरै कुरा सरकारमा नै निर्भर हुन्छ । 
पछिल्लो समयमा पोखरामा आन्तरिक पर्यटक बढेको अवस्था नै हो । आन्तरिक पर्यटक बढ्दा–बढ्दै पनि कतिपय चिजहरूले अझै कमी आएको हामीले अनुभव गरिरहेका छौं । जतिबेला ‘न्यु नर्मल’ अवस्थामा जाँदै थियौं त्यति बेलामा पोखराको पर्यटन गन्तव्य नै खुलेन । कोरोनासँग कति दिन डराएर बस्ने ? अब यससँग जुध्दै अगाडि बढ्नुपर्छ भनिरहँदा लेकसाइडमा रहेको मन्दिर नै खुलेको थिएन, बल्ल खुलेको छ । पोखरा आसपासका गन्तव्य खोल्नुपर्छ भन्दै आयौं । 

त्यसपछि माघ १ गतेदेखि हाइकिङ, ट्रेकिङ रुट खुलेको छ । घान्दु्रक, घोरेपानी पनि अहिले खुलेको छ । तर, अझै पनि पर्यटकलाई ‘रेस्ट्रिक्सन’ राख्दा यसले अप्ठ्यारो पार्छ । जस्तो मुक्तिनाथ मन्दिर खुल्यो तर मुक्तिनाथ दर्शन गर्न जानका लागि पीसीआर अनिवार्य भन्ने छ । यसअघि केही समय मर्दी हिमाल खुल्यो, पछि पीसीआर रिपोर्ट अनिवार्य भनियो त्यसपछि पर्यटक जान निकै कम भयो, जानै पर्नेहरू मात्रै गए । अहिले फेरि पीसीआर हुनु पर्दैन ।

 

 


 
सीमा नाका खोल्ने र पीसीआरको विषय परिमार्जन गछौं भनेर नयाँ पर्यटनमन्त्रीले भन्नुभएको छ, त्यो कहिले कार्यान्वयन हुन्छ ? यदि सीमा नाका खुल्यो भने आन्तरिक मात्रै होइन भारतीय पर्यटक पनि आउनेछन् । मुक्तिनाथ मन्दिरको दर्शन गर्न भारतीय पर्यटक आउन निकै उत्सुक छन् । अहिले आउँदै नआएको पनि होइन । चोर बाटो अपनाएर आउनेलाई केही नचाहिने स्थिति छ । त्यसैले चोर बाटोबाट होइन कि सीधै आउन दिने व्यवस्था बनाउनुपर्छ । पर्यटन गन्तव्य खुल्यो तर त्यहाँ जाने पर्यटक भएनन् भने केही काम लाग्दैन, त्यसैले पीसीआर अनिवार्य नबनाउने हो कि !

न्यु नर्मल अवस्थामा आन्तरिक पर्यटनलाई चलायमान बनाउन पीसीआर भन्ने कुरा हटाउनुपर्छ । त्यसैगरी आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम पनि आवश्यक छ । एनसेल बाह्रखरी गल्फले पनि पोखरामा आन्तरिक पर्यटन प्रवद्र्धनमा निकै सहयोग पुर्याउने अपेक्षा गरेका छौं । यसअघि पोखरा सडक महोत्सव भयो, त्यसले आन्तरिक पर्यटनलाई निकै सहयोग पुर्यायो । नाट्टाले एक महिनाअगाडि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकमा चार दिनको कार्यक्रम गरिसकेका छौं । हामीले संस्थागत रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छौं । राज्यले पनि यस्ता कार्यक्रम गर्न आवश्यक छ । 

स्थानीय, प्रदेश र संघीय सरकारले पनि यस्ता विभिन्न कार्यक्रम गर्नुपर्छ । विशेषगरी प्रदेश सरकार पर्यटन गन्तव्य खुलाउन र विभिन्न कार्यक्रम गर्न निर्णायक तहमा जानुपर्छ । बाह्रखरी गल्फलाई एक दिन मात्रै नभएर केही दिनको बनाउन सकियो भने त्यसले थप सहयोग पुर्याउँछ ।

 

 

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास स्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पलह अन्तर्गत पोखराका पर्यटन व्यवसायीबीच गरेको अन्तरक्रियामा उनले यस्तो आग्रह गरेका हुन् । सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले गल्फ आयोजना गर्न लागेको हो ।  
एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । 

अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro