site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
राजा वीरेन्द्रको माया पाएका सूर्यबहादुर 

पोखरा । चार वर्षअघि कांग्रेसमा प्रवेश नगर्दासम्म उनी राप्रपामा थिए । राप्रपाका केन्द्रीय कोषाध्यक्षसमेत रहिसकेका केसीलाई राजावादी भन्थे । हुन पनि उनको राजासँगै निकै राम्रो सम्बन्ध थियो । निकट सम्बन्धका कारण तत्कालीन राजा वीरेन्द्रले यतिसम्म भनेका थिए, “उद्घाटन कार्यक्रममा म आउँदिन मेरो तर्फबाट तिमीले नै गर ।”

लामो समयसम्म केसीको कानुनी सल्लाहकार रहेका दुर्गाप्रसाद कोइराला त्यसबेलाको घटना स्मरण गर्दै भन्छन्, “राजा वीरेन्द्रले महेन्द्रपुलको पुनर्निर्मित पुल उद्धाटन सूर्यबहादुर केसी आफैँलाई गर्न भनेका थिए । दीपेन्द्र सभागृहको उद्घाटन राजा आफैँले गरे ।”

उद्घाटनको क्रममा केसीले राजालाई भने, “तपाईँको पिताको नाममा पुल बनाउनुपर्ने भयो, वीरेन्द्रले हुन्छ भने ।” 

पुल पुनर्निर्माण भयो । उद्घाटनको लागि दरबारमा जाहेर भयो । राजा वीरेन्द्र आफैँले राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी र सवारीमन्त्री प्रकाशबहादुर सिंहको रोहवरमा तिमीले गर्ने भनेर हुकुम गरे । पछि केसी आफैँले उद्घाटन गरे । अहिले यो ठाउँको नाम नै महेन्द्रपुुल भएको छ ।

राजा वीरेन्द्रको पोखरा भ्रमणमा पनि केसी साथमै हुन्थे । पोखरा आउँदा भेट्न बोलाउँथे, केसीले यो गर्नुपर्‍यो भन्थे, राजा वीरेन्द्रले कहिले नाईँ भनेनन्, हुन्छ भन्थे । राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा २०४५–०४६ मा गोरखा दक्षिणबाहु पदक पनि पाए ।

जसरी २०४६ सालमा बहुदलको आन्दोलन भएको थियो, त्यसको केही वर्षमै नेपालमा गणतन्त्रको विषयमा आन्दोलन जुर्मुराउन थालेको थियो । तत्कालीन नेकपा माओवादी त १० वर्षे जनयुद्धमा होमिइसकेको थियो ।

संसद नै विघटन भएपछि अन्य दलमा पनि राजतन्त्रप्रति वितृष्णा बढ्दो थियो । एक त पञ्चायतका प्रधानपञ्च, त्यसमाथि राजाको शासन हुनुपर्छ भन्ने मान्यता बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्धता । स्वाभाविक रुपमा नै केसीमाथि दबाब निकै थियो ।
यता जनयुद्धमा होमिएको दलबाट निरन्तर धम्की आउँथ्यो । मण्डलेको ट्याग लगाउँथे ।

तर, केसीको स्वभाव त्यस्तो थिएन । आफू प्रधानपञ्च हुँदाको बखत आफ्नै अध्यक्षतामा नगरपञ्चायतको बैठकबाट बहुदलको पक्षमा निर्णय गर्ने उनी एक्लो प्रधानपञ्च थिए ।

राजा वीरेन्द्रपछि सत्तामा आएका ज्ञानेन्द्रसँग उनको दाइसँगको जस्तो सम्बन्ध बन्न सकेन ।

यता, आन्दोलन झन चर्किँदै थियो । 

कोइरालाले ज्ञानेन्द्रको शासनकाल स्मरण गर्दै भन्छन्,“उहाँले ज्ञानेन्द्रलाई सीधै भन्नुहुन्थ्यो, यो बाटोमा नलाग्नुहोस् सरकार भनेर, अब पनि यो बाटोमा लाग्ने हो भने ओरालो लागेको मृगको चाल हुन सकिन्छ भनेर केसीले भन्नुभएको हो ।”

कोइराला अघि भन्छन, “उहाँले खासमा, यत्रो जनताले बहुदल मागेपछि, प्रजातन्त्र आइसकेपछि प्रजातान्त्रिक बाटो लिनपर्‍यो । राजा सक्रिय हुन भएन भन्नुभएको हो ।”

तर, दरबारलाई यो कुरा पचेन ।

“राजाले सत्ता लिएपछि उहाँले जनताबाट शासन चल्नुपर्छ भन्नुभएको थियो, त्यही अभिव्यक्ति लिएर उहाँलाई पुर्जी काट्ने काम भयो,” कोइराला सम्झिन्छन् ।

अकुत सम्पत्ति कमाएको भनेर शाही आयोगले मुद्दा नै लगायो ।  केसीले तीनमहिना अञ्चल प्रशासकको तारिख समेत बोके ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro