site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
सूर्यले भन्थे–म पनि ठूलो मान्छे बन्छु
Sarbottam CementSarbottam Cement

पोखरा । अहिलेजस्तो गाडीको सुविधा थिएन । बयलगाडाको जमाना थियो । उनी छिनडाँडाबाट हिँडेर पालिखेचोक आउँथे । हामी एकछिन त्यहीँ बस्थ्यौँ र हूल मिलाएर हालको गण्डकी बोर्डिङ जान्थ्यौँ ।

२०२३ सालताका पोखरामा नेपाली आदर्श विद्यालय स्थापना भएको  थियो । तत्कालीन नेपाली आदर्श विद्यालय हालको गण्डकी आवासीय विद्यालय हो । सीताराम (सूर्यबहादुर केसी) सहित किरणलाल श्रेष्ठ, जीवननारायण श्रेष्ठ, नवीन द्वा, कृष्णमान माकाजु, राजेन्द्र पालिखे, दशरथमान बुद्धाचार्य, रञ्जन वैद्य, राजेन्द्र गौचन लगायतसहित म आफैं कक्षा २ मा भर्ना भएका थियौं । 

त्यहाँ आजको स्वरुपका घरहरु थिएनन् । खरको छाना, सेती नदीबाट ल्याएकोे गिट्टीको भुइँ थियो । यहीँबाट सुरुवात भएको थियो हाम्रो मित्रता ।  हुनत हाम्रो पारिवारिक सम्बन्ध त्यसभन्दा अगाडिदेखि नै बाबा दयाशंकर पालिखे र काका कीर्तिबहादुर केसीकै पालादेखि निकट थियो ।  हामी २ कक्षादेखि सँगै अध्ययन ग¥यौँ । हामीले गफ गर्दा केसीले आफ्ना कानका बारेमा पनि बखान गर्थे । उनले आफ्ना कानलाई भगवान बुद्धको जस्तै लामो भएको र पछि ठूलो मान्छे बन्छु भन्थे ।

Prabhu Bank
Agni Group
NIC Asia

पालिखे त्यसबेलाको स्मरण गर्दै भन्छन्, “भगवान बुद्धको पनि लामो कान थियो, ठूला भए, म पनि लामो कान भएकोले ठूलै मान्छे बन्छु ।” विद्यालयमा अनुशासन कडा थियो, खाएको भाँडा आफैँ माझ्नुपर्थ्यो । हरेक हप्ता चौरको कुँडा टिप्नुपथ्र्यो । हामीले धेरै लामो समयसम्म त्यहाँ पढेनौँ । 
त्यसपछि हामी केही साथीहरु तत्कालीन सोल्जर्स बोर्ड भोकेसनल हाइस्कुल (हालको अमरसिंह मावि) मा कक्षा ६ मा भर्ना भयौँ । 

संयोगले सीताराम र म एउटै कक्षामा भर्ना हुन पुग्यौं । हाइस्कुलको पढाइपश्चात हामी फेरि पृथ्वीनारायण कलेजमा समेत फरक–फरक विभागमा अध्ययन ग¥यौं । त्यो समयमा पोखरामा विरलै मात्रामा मोटर, मोटरसाइकलहरु चल्ने गर्थे । जसमा एउटा सूर्यको यामाहा इन्डुरो निलो रङको मोटरसाइकल थियो । सूर्यलाई मोटरसाइकल उडाउने सोख पनि थियो । 

Global Ime bank

कहिलेकाहीँ कक्षा ‘बङ्क’ पनि गरिन्थ्यो । पीएन क्याम्पसमा पढ्दा स्ववियूको बेलामा यसो अलिअलि झगडाजस्तो हुन्थ्यो । नत्र त्यो बेलामा ग्याङफाइट भन्ने हुँदैनथ्यो । कलेजपछि म काठमाडौं लागेँ । केसी बुबाको व्यवसाय सम्हाल्न लागे । भारतीय पेन्सन क्याम्पको भवनदेखि भालुपहाडको सडक पनि उहाँहरुले नै बनाउनुभएको हो ।
पञ्चायतकालमा उत्तमबहादुर पुन प्रधानपञ्च भएको बेलामा विशेष कारणवश पुनर्निर्वाचन गर्नुपर्ने भयो । सूर्य भर्सेस उत्तमको प्रतिष्पर्धा थियो । सबै बजार मिलेर केसीलाई जिताइएको थियो ।

२०४३ सालतिर व्यावसायिक हिसाबले फेरि हाम्रो अर्को सम्बन्ध सुरुआत भयो । हामीले उनको र उनका भाइ भरत तथा शत्रुध्नको घरमा होटल ट्रागोपानको सुरुआत गर्‍यौं । होटलको सामान किन्न हामी भारतको दिल्लीसम्म सँगै गएका थियौं । 

त्यहीबेला बहुदलको पक्षमा आन्दोलन चर्कियो । तत्कालीन प्रधानपञ्चको नाताले केसी तारोमा पर्नुभएको थियो । यतिसम्म हल्ला चले कि, केसीको घर जलाउने, होेटल जलाउने कुराहरु आए र हामीले कुसलतापूर्वक त्यसको सामना पनि गर्‍यौँ । हामी नेपाली कांग्रेसमा आबद्ध थियौँ र उनलाई कांग्रेसमा नै ल्याउनुपर्छ भनेर पहल गरेका थियाैँ । तर, पञ्चायतमा लागेको व्यक्तिलाई तत्काल पार्टीमा नल्याउने भनेर तत्कालीन नेतृत्वतह सहमत भएन । केसी राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय बने ।

“पहिले हामीले तिमी तिमी भनेर भनिए पनि पछि हामीले तपाईँ भन्थ्यौं,” पालिखे स्मरण गर्छन्, “उहाँ मैले भनेका जो कसैलाई पनि सहयोग गर्न सक्दिनँ भन्नुभएन । मेरो चेक जस्तो हुनुहुन्थ्यो ।” पोखरामा कस्तो भयो भने सबैको दाई केसी दाई भन्ने भयो । केही पर्दा सुरुमा कसलाई सम्झिने भन्दा सूर्यबहादुर केसीलाई सम्झिने गरिन्थ्यो ।
उहाँको जुन अभिभावकत्व भूमिका र नेतृत्वको हिसाबले मैले उहाँलाई ल अब तपाईँ मेरो दाई हुनुपर्‍यो भन्थेँ । उहाँले तँ मेरो अंशियार होस् नि भन्नुहुन्थ्यो ।

हामी दशैँमा टीका लगाउन जान्थ्यौँ । यसपटक जान पाएनौँ । पछिल्लो समय आसन्न कांग्रेसको १४ औँ महाधिवेशनमा कसरी मिलेर जाने भन्ने विषयमा छलफल हुन्थ्यो । तपाईँको मनसाय के छ भनेर सोध्थ्यौँ । खुलेर नभनेता पनि उहाँ केन्द्रीय सदस्य बन्न खोज्नुभएको थियो कि जस्तो मलाई लाग्छ ।
उहाँ पोखराको अभिभावक हुनुहुन्थ्यो , सफल व्यवसायी, उद्योगी हुनुहुन्थ्यो । उहाँको असमायिक निधनपछि हामीले एक किसिमले टुहुरो भएको अनुभव गरेका छौँ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !