site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आक्रामक कांग्रेस: सरकारको ‘छिनोफानो’ सम्म जाने तयारीमा

काठमाडौं । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । कमजोररुपमा प्रस्तुत भइरहेको आरोप खेप्दै आएको कांग्रेसले आक्रामक कार्यक्रम तय गर्दैछ । कांग्रेसले कोरोनाभाइरस रोकथामदेखि दैनिक क्रियाकलापमा सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ ।

कांग्रेसले त्यसका लागि सरकारको छिनोफानोसम्म पुग्नेगरी रणनीति तयार गरेको स्रोत बताउँछ ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारविरुद्ध कांग्रेसले सडकदेखि सदनसम्म आक्रमक रुपमा प्रस्तुत भएर प्रधानमन्त्री केपी ओलीको  आगामी कार्यकालको ‘छिनोफानो’ सम्म गर्ने आन्तरिक तयारी गरेको हो ।  प्रधानमन्त्री ओलीलाई नसुध्रिए कांग्रेसले सरकारविरुद्ध राजनीतिक रुपमा हरेक क्रियाकलपाप गर्न सकिने सन्देश दिन असार २ गते देश र विदेशबाट एक साथ ‘विशेष ज्ञापन पत्र’ बुझाउने भएको छ । 

कोरोनाभाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन सामाजिक दूरी कायम गर्दै स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई ‘विशेष ज्ञापन पत्र’ बुझाउन लागेको हो । “असार २ गतेदखि त हामी आन्दोलनमा जाने भइसक्यौं । केपी ओलीको छिनोफानो आन्दोलनबाटै हुन्छ । दायाँबायाँ हुँदैन,” पछिल्लो समय सरकारविरुद्ध संसदमा आक्रामक रुपमा प्रस्तुत हुँदै आएका एक सांसदले भने ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचार विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ  असार २ गते सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । 

कांग्रेसले बुझाउने भयो, स्वदेश तथा विदेशबाट एकै साथ ध्यानाकर्षण पत्र

“असार २ गते देश र विदेशबाट ज्ञापन दिन्छौं । त्यसको अर्थ के हो भने हामी यो महामारीको विषयलाई सदन भित्र र बाहिर गम्भीर रुपमा उठाउँछौं,” सहमहामन्त्री डा. प्रकाशशरण महतले बाह्रखरीसँग भने, “सरकार सुध्रिएन भने हामी विरोधका कार्यक्रमहरुदेखि अन्य कार्यक्रमहरु आवश्यकताअनुसार गर्न सक्छौं ।”
बाह्रखरीसँगको कुराकानीका क्रममा कांग्रेसका ति युवा सांसदले भनेजस्तै सरकारसँग वारपारको लडाईं हुन्छ त भन्ने प्रश्नमा सहमहामन्त्री महतले सरकारको गलत कामहरुको विरोधका लागि विभिन्न स्वरुपहरु हुने प्रतिक्रिया दिए । सरकारले प्रतिपक्षीदलले गराएको ध्यानाकर्षणको बेवास्ता गरेर पुरानै ढर्रा कायम राखे त्यस्तो परिस्थिति आउन सक्नेसमेत बताए । 

“वारपार भन्ने शब्दको प्रयोग गर्न चाहन्न । तर सरकारको गलत कामहरु भ्रष्टाचार, कुशासन, बिरामीहरुको बेवास्ता, परीक्षणमा व्यापक उदाशिनता र गैरउत्तरदायी तथा जवाफविहीनताको हामी गम्भीर विरोध गर्छौं । त्यो विरोधका विभिन्न स्वरुपहरु हुन्छन्,” उनले बाह्रखरीसँग भने, “राजनीतिक रुपमा हामी हरेक क्रियाकलपाप गर्छौं । संसददेखि सडकसम्म हामी आउनुपर्ने अवस्था आउँछ । सरकारले अझै पनि महसुस नगरेर पुरानै ढर्रालाई कायम राख्यो भने त्यो परिस्थिति आउन सक्छ ।”

जेठ २६ गते बसेको कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले पनि ‘कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा संघीय संसद, प्रदेश सभा र सबै जिल्लामा सक्रिय र सशक्त रुपले प्रस्तुत हुने’ निर्णय गरेको थियो । 

पार्टीले निर्णय गरेको भोलिपल्ट कांग्रेस सांसद गगन थापा प्रतिनिधिसभाको बैठकमा अन्य दिनको तुलनामा झनै आक्रामक शैलीमा प्रस्तुत भए । 

उनले सरकार कोरोनाविरुद्धको लडाईंबाट मुलुकलाई पार लगाउन असफल भएको दाबी गर्दै अब कांग्रेस सरकारलाई सहयोग गर्छौं भनेरमात्रै नबस्ने बताए । 

“यो सरकारले कोरोनाको लडाइँबाट हामीलाई पार लगाउन सक्क्तैन । अब हामी सहयोग गर्छौं भनेर मात्रै बस्दैनौं । अब हामी प्रश्न गर्छौं । उत्तर चाहन्छौं र सरकारलाई जवाफदेही बनाएर छाड्छौं । हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय । १० अर्ब रुपैयाँ खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो र्निलज्जताको पराकाष्ट हो,” सांसद थापाले संसदमा भनेका थिए । 

१० अर्ब खर्चको एक–एक  हिसाब चाहिन्छ : गगन थापा

संसदमा आक्रामक रुपमा प्रस्तुत भएको भोलिपल्ट कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल बालुवाटार पठाएर कोरोना प्रकोप नियन्त्रण गरेर देश र जनतालाई विपद्बाट जोगाउन सरकारको ध्यानाकर्षण गरायो । पौडेलको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बझाउँदै महामारीबाट देश र जनतालाई विपद्बाट जोगाउन विभिन्न सुझावहरुसमेत दिएको थियो । 

‘प्रकोप नियन्त्रण गरेर देश र जनतालाई विपद्‍बाट जोगाऔं’

कोरोना संक्रमणविरुद्धको लडाइमा सरकार पूर्ण रुपमा असफल भइसकेको निष्कर्षमा पुगेको कांग्रेसले भ्रातृ संगठन नेविसंघलाई सोमबार सरकारविरुद्ध सडकमा उतार्दैछ । कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारविरुद्ध कांग्रेसले सोमबार नेविसंघलाई सडकमा उतार्न लागेको हो । 

सरकारविरुद्ध सडक आन्दोलन गर्दै नेविसंघ 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १, २०७७  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro