site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वोच्च अदालतमा आज तीन इजलास : १५ पेसी, ११ मा आदेश

काठमाडौं । लकडाउनको बेलामा पनि सर्वोच्च अदालत सक्रिय छ । नियमित मुद्दाहरुको सुनुवाइ नभए पनि केही विशेष प्रकृतिका मुद्दाहरुको भने सुनुवाइ भइरहेको छ ।

आज सर्वोच्च अदालतमा ३ वटा बेन्‍च बसेको छ । १५ वटा मुद्दा पेसी चढेकोमा ११ वटामा आदेश भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

न्यायाधीश प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा र मनोजकुमार शर्मा रहेको पूर्ण इजलाश, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मी रहेको संयुक्त इजलास र विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलास बसेको छ । 

एकल इजलासले बन्दीप्रत्यक्षीकरण ३ थान मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । त्यस्तै, संयुक्त इजलासले पनि बन्दीप्रत्यक्षीकरणको एउटा रिट खारेज गरेको छ । पूर्ण इजलासले १० वटा रिट निवेदनमा अनुमति नहुने आदेश गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १५:२२
प्रतिक्रिया दिनुहोस्