site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सयौं नेपाली बनबासाको दक्षिणमा पर्ने जंगलमा अलपत्र 

कञ्‍चनपुर । भारतका विभिन्न सहरबाट घर फर्किदै गरेका सयौं नेपाली पश्चिमी सीमावर्ती सहर बनबासा क्षेत्रबाट दक्षिणमा पर्ने जंगलमा अलपत्र परेका छन् । 

उनीहरुलाई बनबसा बजारदेखि दुई किलोमिटर दक्षिणमा पर्ने जंगलमा रोकिएको छ । उनीहरुलाई चम्पावत जिल्ला र उधमसिंह नगर जिल्लाको सीमामा पर्ने जोगबुढा नदीको पुल छेउको जंगलमा रोकिएको हो । 

बनबासाका पत्रकार दीपक फुलेराका अनुसार चम्पावत जिल्लामा बाहिरी जिल्लाबाट प्रवेशमा प्रतिबन्ध लगाएको छ । "भाई सभी है चाहे नेपाली हो या इन्डियन किसी भी बाहरी व्यक्ति की जिले में इंट्री से रोक लगा दी है डीएम चम्पावत ने," उनले भने । 

बनबसा नजिकैको उक्त जंगल क्षेत्रमा झण्डै तीन सयको हाराहारीमा नेपालीहरु रहेका बताइएको छ । 

यसअघि सोमबार भने चम्पावत जिल्ला प्रशासनले नेपालीहरुलाई बिनारोकटोक सीमा क्षेत्रमा फर्किन अनुमति दिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro