site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस नेताहरू ‘होम क्वारेन्टाइन’ मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण खतरा बढेपछि नेपाली कांग्रेसका शीर्ष नेताहरूले छलफल र भेटघाट बन्द गरेका छन् । कोरोना भाइरसको बढ्दो खतराबाट जोगिन सावधानी अपनाउन कांग्रेसका शीर्ष नेताहरूले निवासमा हुँदै आएका छलफल र भेटघाट बन्द गरेका हुन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले विगत तीन दिनदेखि कसैसँग पनि भेटघाट गरेका छैनन् । यसअघि उनको बूढानीलकण्ठस्थित निवासमा बिहानैबाट नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति हुन्थ्यो । “तीन दिनदेखि भेटघाट बन्द पूर्णतः बन्द छ,” सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बाह्रखरीसँग भने ।  

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कोरोना भाइरसको संक्रमणबाट जोगिन नेता–कार्यकर्तासँगको भेटघाट बन्द गरेका छन् । उनले चैत ३ गतेबाट क्रमशः भेटघाटलाई पातलो गर्दै लगेको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । नेता पौडेलले चैत ३ गते विज्ञप्ति जारी गरेर कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न र अत्यावश्यक काम तथा कुराकानी टेलिफोनमार्फत् गर्न आग्रह गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“कोरोना –कोभिड–१९) भाइरसको विश्वव्यापी महामारी फैलिरेहको अवस्थामा हामी नेपालीहरूले पनि रोगले आक्रान्त पार्नुअगावै सावधानी अपनाउनु आवश्यकता महसुस गरी म आफ्ना सबै मित्रलाई आह्वान गर्न चाहन्छु– हामी सबैले स्वयंबाट सामाजिक दूरी कायम गर्न सुरु गरौँं । आत्यावश्क काम÷कुराकानी टेलिफोन सम्पर्कबाटै गर्न सुरु गरौं,” पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । 

कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि राजीनतिक तथा सामाजिक भेटघाट पूर्णतः स्थगित गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउँदै भेटघाटहरू बन्द गरिएको उनका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए । “दुई दिनदेखि भेटघाट टोटल्ली क्लोज छ,” उनले भने । 

Global Ime bank

कांग्रेस महामन्त्री शशांक कोइरालाले भने भेटघाट बन्द गरेका छैनन् । उनी आफ्नो निवासमा आउने नेता–कार्यकर्ताहरूसँग नियमित झै भेटघाट गर्दै आएका छन् । “भेटघाट बन्दै भनेर बन्द छैन, खुला भनेर खुला पनि छैन । आउने मान्छेले भेटेकै छन्,” उनको सचिवालय स्रोतले भन्यो ।    

यस्तै कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले पनि संक्रमणबाट जोगिन सजगता अपनाए पनि भेटघाट भने बन्द गरेका छैनन् । उनले शनिबारसम्म निवासमा पार्टीका नेता–कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा संक्रमण फैलिन नदिन अपनाउनुपर्ने उपाय भने अबलम्बन गरिएको सिटौलाका स्वकीय सचिव किरण सिटौलाले बताए ।   

“शनिबारसम्म भेटघाट थियो । तीन मिटरको दूरी राखेर । भेट्न आउनेहरूका बीचमा पनि तीन मिटरको दूरी राखेका थियौं,” उनले भने, “सेनिटाइजर, मास्क प्रयोग गरेका थियौं ।” उनका अनुसार नेता सिटौला गृहजिल्ला झापाबाट फर्किएपछि भने भेटघाट बन्द हुनेछ । “बन्द गर्ने भन्ने थियो । उहाँ झापा जानुभएको छ । फर्किएपछि भेटघाट बन्द गर्छौं,” स्वकीय सचिव सिटौलाले भने । 

कांग्रेसले यसअघि फागुन २१ गते पत्रकार सम्मेलनमार्फत जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गर्दै पार्टी र पार्टीसँग आवद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायत कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको जनाएको थियो । 

यस्तै कांग्रेसले १४औं महाधिवेशन तयारीसँग सम्बन्धित क्रियाशील सदस्यता नवीकरण र वितरण तथा बाँकी समायोजनका काम पनि चैत ९ देखि लागु हुने गरी चैत मसान्तसम्मका लागि स्थगित गरिसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC