site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘कोरोनाका कारण सभा, सम्मेलन स्थगित गर्दैमा महाधिवेशन प्रभावित हुँदैन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशनको तयारी स्वरूप फागनु १६ गते शुक्रबारबाट नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ । 

गत माघ २९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुन १५ गतेसम्म पार्टीका अन्तरिम संरचनाहरू समायोजन गरिसक्ने तिथि सकिएसँगै कांग्रेसले १४ औं महाधिवेशनको तयारी स्वरूप फागनु १६ गते शुक्रबारबाट नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु गरेको थियो । 

पार्टीको अन्तरिम संरचना समायोजनको काम पूर्ण रूपले सम्पन्न गरेका विभिन्न ३५ जिल्लामा आशन्न महाधिवेशनको तयारी स्वरूप प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरणको काम सञ्चालन गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बाँकी रहेका जिल्लाले अन्तरिम संरचना समायोजनको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न गरिसकेको र पूर्ण रूपमा समायोजन सकिएपछि ती जिल्लामा पनि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसले आगामी चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण गर्ने गरी महाधिवेशन कार्यतालिका बनाएको थियो । कांग्रेसले विद्यमान क्रियाशील सदस्य संख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने पनि निर्णय गरेको थियो । हाल कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या झन्डै पाँच लाख रहेको छ । 

Global Ime bank

कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका सांगठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि विधानका केही दफा निलम्बन गरेको छ । विधानको दफा ४ मा कांग्रेसमा सदस्य र क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ ।

कांग्रेसको साधारण सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि मात्र क्रियाशील सदस्यता प्राप्त हुने विधानको व्यवस्था छ । तर, केन्द्रीय समिति बैठकले १४ औँ महाधिवेशनको प्रयोजनार्थ ‘साधारण सदस्यता लिएको एक वर्ष पुगेपछि’ मात्र क्रियाशील सदस्यता प्राप्त हुने प्रावधानलाई निलम्बन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत माघ १३ गते बसेको बैठकले गाउँ÷नगर वडा अधिवेशन २०७७ साल कात्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय गरेको थियो ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मंसिर २९ गते र केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । 

नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणसँगै अन्तरिम संरचना समायोजनको काम अगाडि बढिरहेकै समयमा कोरोना भाइरसको त्रास फैलिएपछि कांग्रेसले पार्टीका आन्तरिक भेला, सम्मेलन र सभालगायतका कार्यक्रम स्थगित गरेको छ । 

फागनु २१ गतेबाट पार्टी र पार्टीमा आबद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम स्थगित गरेपछि आशन्न महाधिवेशनको कार्यतालिका प्रभावित हुने आशंका पनि उत्पन्न गरेको छ ।

तर, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भेला, सम्मेलन र सभालगायतका कार्यक्रम स्थगित गर्दैमा महाधिवेशनको कार्यतालिका प्रभावित नहुने दाबी गरेका छन् । 

विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह र जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर भेला, सम्मेलन, सभालगायतका कार्यक्रम स्थगित गरिँदैमा महाधिवेशनको कार्यतालिका प्रभावित हुँदैन,” उनले भने, “पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रम जस्तै बाँकी समायोजन, क्रियाशील सदस्यता नवीकरण र वितरण लगायतका काम सम्बन्धित समितिले गरिरहेका छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC