site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अवसरको दाउमा सिटौला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवाले पार्टी नेतृत्व सम्हालेको चार वर्ष हुनै लागेको छ । २०७२ फागुन २०–२३ मा काठमाडौँमा सम्पन्न १३औँ महाधिवेशनबाट चार वर्षका लागि देउवा सभापतिमा निर्वाचित भएका थिए ।

कांग्रेसका तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई भारी मतान्तरले पराजित गर्दै देउवा सभापति चयन भएका थिए । १३औं महाधिवेशनमा सभापति पदका लागि भएको पहिलो चरणको निर्वाचनबाट ‘रिङ आउट’ भएपछि नेता कृष्णप्रसाद सिटौलाले उनलाई सघाएका थिए ।

सभापति पदको प्रतिस्पर्धामा उत्रिएका देउवाले पहिलो चरणमा १५ सय ६४, पौडेलले ११ सय ५४ र सिटौला तीन सय २४ मत ल्याएका थिए । तर, सभापतिका लागि भएको चुनावी प्रतिस्पर्धामा कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणमा कुल खसेको ३१ सय ४८ मतमध्ये एक सय एक मत बदर भएको थियो । जसमध्ये देउवाकै पक्षमा खसेको ६३ मत बदर भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो चरणमा कुल खसेको ३१ सय ४० मध्ये सिटौलाको समर्थन पाएका देउवाले १८ सय २२ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी पौडेलले १२ सय ९६ मतमा चित्त बुझाउनुपरेको थियो । 

१३औं महाधिवेशनमा सभापति देउवालाई सघाए पनि प्रतिनिधिसभा निर्वाचनपछि सिटौलाले उनीसँगको दूरी बढाउँदै लगेका छन् । १३औं महाधिवेशनबाट पार्टीमा आप्mनो छुट्टै गुट रहेको सन्देश दिएका सिटौलाले प्रतिनिधिसभा निर्वाचनपछि गुटगत छलफल, बैठक र भेला गर्दै आएका छन् । 

Global Ime bank

उनी पछिल्लो समय महाधिवेशनको कार्यतालिकाको विषयमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच बढेको तिक्तता मेटाउन ‘मध्यस्थकर्ता’ को भूमिकामा समेत देखापरेका थिए । सिटौला तत्कालीन समयमा वरिष्ठ नेता पौडेलले छलफलका लागि बोलाएको संस्थापनइतर समूहको बैठकमा पनि सहभागी हुँदै आएका थिए । 

१४औं महाधिवेशनको कार्यतालिका निर्धारण गरी पार्टी महाधिवेशनको तयारीमा जुटिरहँदा कांग्रेसमा सभापति पदका आकांक्षी थुप्रै देखिएका छन् । तर, १३औं महाधिवेशनमा उमेदवारी दिइसकेका सिटौलाले भने अझै प्रस्ट रूपले मुख भने खोलेका छैनन् । 

यद्यपि, सोमबार गृहजिल्ला झापामा उनले आफूलाई सभापतिको सम्भावित उमेदवारका रूपमा भने उभ्याएका छन् । सभापति देउवाले महाधिवेशन घोषणा भइसकेको अवस्थामा गरेको केन्द्रीय सदस्य मनोनयन र विभाग गठनमा पौडेल समूहले विरोध जनाइरहँदा तपाईं मौन रहनुभयो, के तपाईंले फेरि वर्तमान सभापतिलाई नै चौधौं महाधिवेशनमा सघाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भनेका छन्, “म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।”

समय आएपछि आफूले उमेदवारी घोषणा गर्ने संकेत गर्दै नेता सिटौलाले पार्टीका सबै तहका अधिवेशनहरू सम्पन्न भएपछि आगामी मंसिरमा आफ्नो टिमको घोषणा गर्ने जानकारी दिए । यसअघि १३औं महाधिवेशनमा सिटौला समूहले सभापति, महामन्त्री र कोषाध्यक्षमा उमेदवारी दिएको थियो ।

सिटौला देउवाविरुद्ध संस्थापनइतर समूह एक ढिक्का भएको परिस्थितमा मात्रै सभापति नबन्ने ‘मुड’ मा रहेका उनीनिकट नेताहरू बताउँछन् । “देउवा भर्सेस पुरानो संस्थापन टिम युनाइटेड नहुने हो भने आफ्नो उमेदवारी यथावत् राख्न सक्नुहुन्छ,” सिटौला समूहका एक केन्द्रीय सदस्यले भने, “त्यो फुटेन, युनिटी भयो भने जोडिने परिस्थिति बन्न सक्छ ।” 

ती नेताले संस्थापनइतरलाई नेता सिटौलाले कुनै स्वार्थबिना नसघाउने पनि प्रस्ट्याए । उनका अनुसार देउवाविरुद्ध इतर समूह एक ढिक्का भएर प्रतिस्पर्धामा उत्रिए सिटौलाले महासचिव पद लिएर सघाउने सम्भावना देखिन्छ । 

“पुरानो संस्थापन युनाइटेड रहे पनि सिटौलाले विनास्वार्थ भने सघाउने छैनन् । उनले महामन्त्रीमा आफ्नो समूहको दाबी गर्छन् । त्यो अटोमेटिक हुन्न, मिल्ने सम्भावना रहन्छ,” ती नेताले भने, “प्याचअप गरेर मिलाएर जाउँ भन्ने एउटा परिस्थिति हुन सक्छ । तर, पुरानो संस्थापन मिलेन र दुईवटा भएर आयो भने उहाँको उमेदवारी यथावत रहन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC