site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारविरुद्ध प्रतिपक्षी दललाई जोड्दै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रतिपक्षी दलहरुसँग छलफल थालेको छ । कांग्रेसले सरकारविरुद्ध संसदमा अन्य प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीलाई सँगै उभिन प्रस्ताव गरेको हो । 

कांग्रेसकै अग्रसरतामा सोमबार बसेका प्रतिपक्षी दलहरुको बैठक राष्ट्रिय जनता पार्टीको संसदीय दलको कार्यालयमा बसेको हो । बैठकमा  सरकारविरुद्ध एक ठाउँमा उभिन कांग्रेस,राजपा र समाजवादी पार्टी सहमति नजिक पुगेका छन् । सोमबार राष्ट्रिय जनता पार्टीको संसदीय दलको कार्यालयमा कांग्रेस, समाजवादी पार्टी र राजपाबीच छलफल भएको हो । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसको आइतबार बसेको छाया मन्त्रीहरुको बैठकले अन्य प्रतिपक्षी दलहरुसँग सरकारविरुद्ध कार्यगत एकता गर्ने निष्कर्ष निकालेको थियो । 

सोमबार प्रमुख प्रतिपक्षी दल कांग्रेस र मधेस केन्द्रित दुई प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच जनचासोका विषयहरुमा कार्यगत एकता गरेर संसदमा प्रस्तुत हुने समझदारी भएको हो  । कांग्रेस सचेतक पुष्पा भुषालले सरकारका गलत कामविरुद्ध प्रतिपक्षी दलहरु सँगै अघि बढ्न सकारात्मक देखिएको बताइन् । 

“हामी तीन दलको अनौपचारिक बैठक बस्यो ।  भ्रष्टाचारसँग जोडिएका विषय, सुशासनविरुद्ध सरकारले गरेका गलत काम, जनजीविकासँग जोडिएका विषयवस्तु, केन्द्रलाई अत्यन्तै शक्तिशाली बनाउन सरकारले गरिरहेको गलत प्रयासलगायतका  विषयबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कुरो भयो,” बैठकपछि उनले भनिन् । 

छलफलमा राजपा संसदीय दलका नेता महन्थ ठाकुर, प्रमुख सचेतक लक्ष्मणलाल कर्ण,  कांग्रेस सचेतक पुष्पा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, अख्तर कमाल मुसलमान र समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया सहभागी थिए ।

बैठकपछि कर्णले कुरा मिल्ने विषयमा मिलेर जाने सहमति भएपनि मोर्चाबन्दीको  सम्भावना भने नरहेको बताए । “जहाँ कुरो मिल्छ त्यहाँ मिलेर जाने, जहाँ मिल्दैन अलग-अलग जान्छौं । मोर्चाबन्दी गरेर जाने दीर्घकालीन सोच छैन, धारणा पनि छैन,” उनले भने, “संसद रोकिनु हुन्न । संसद रोकिँदा जनताको आवाज बन्द हुन्छ, सरकारको बिजनेस प्रभावित हुन्छ । सदन रोकिनु हुन्न भन्यौ ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro