site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको आन्तरिक समायोजनको काम आधा पनि भएन

काठमाडौं । नेपाली कांग्रेसले निर्धारण गरेको समयावधि सकिन एक सातामात्रै बाँकी रहँदा पनि पार्टीको अन्तरिम संरचना समायोजनको काम आधा पनि गर्न सकेको छैन ।

कांग्रेसले फागुन १५ गतेभित्र पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि निर्धारण गरे पनि ३० जिल्लामा मात्रै समायोजनको काम सम्पन्न गर्न सकेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान पार्टी पदाधिकारीसहित बसेको केन्द्रीय निर्वाचन समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्का र समिति संयोजन राधेश्याम अधिकारीले ३० जिल्लामा समायोजनको सम्पूर्ण प्रक्रिया सम्पन्न भएको जानकारी गराएका छन् । 

उनीहरूले बाँकी जिल्लामा पनि समायोजनको काम तीव्र रूपमा अगाडि बढेको पनि बैठकमा ‘ब्रिफ’ गरेका छन् । बैठकमा पार्टी संरचनाहरूको समायोजन प्रक्रियाको प्रगति र फागुन १५ सम्म समायोजन प्रक्रिया सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पार्टी गर्ने सहजीकरणबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

बैठकमा महामन्त्री खड्का र समिति संयोजक अधिकारीले ३० जिल्लामा समायोजन प्रक्रिया सम्पन्न भइसकेको र बाँकी जिल्लाको समायोजन प्रक्रिया सम्पन्न गर्ने काम अगाडि बढिरहेको जानकारी गराएको उनले बताए । 

प्रवक्त शर्माले बैठकले फागुन १५ भित्र बाँकी जिल्लालाई समायोजन प्रक्रियालाई पूर्णता दिन अपिल पनि गरेको जानकारी दिए । बैठकले समायोजन प्रक्रिया सम्पन्न गरेका जिल्लाहरूलाई क्रियाशील सदस्यता वितरणका लागि केन्द्रमा सम्पर्क राख्न आग्रह गरेको उनले बताए । 

माघ २९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीका आन्तरिक संरचनाहरूको समायोजन फागुन १५ भित्रै सम्पन्न गरिसक्ने निर्णय गरेको थियो ।   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro