site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गच्छदारविरुद्ध मुद्दा दायर भएपछि कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो कदमबाट सशंकित नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । अख्तियारले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि असन्तुष्ट बनेको कांग्रेसले बिहीबार पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो । बैठक अहिले पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ । 

उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नु पर्ने कदमका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट स्रोतले जनाएको छ । 

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गच्छादरविरुद्ध दायर मुद्दाका विषयमा छलफल भइरहेको बताए । उनका अनुसार सभापति देउवाले उक्त विषयमा छलफलका लागि पार्टीका शीर्ष नेतृत्व र कानुन व्यवसायीहरुलाई बोलाएका छन् । 

“उपसभापतिविरुद्ध दायर मुद्दाका विषयमा छलफल गर्न पार्टीका सिनियिर लिडर र कानुन व्यवसायीहरुसँग छलफल गर्न सभापतिले बैठक बोलाउनुभएको हो,” सभापति देउवाको स्वकीय सचिव देउवाले भने, “अहिले छलफल चलिरहेको छ ।” 

अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी ठहर गर्दै कांग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro