site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यस्तो बन्दै छ धरहरा, म्युजियमसँगै रेस्टुरेन्ट

काठमाडौं । ऐतिहासिक धरोहर धरहरा पुनर्निर्माणले गति लिएको छ । काठमाडौंको सुनधारामा रहेको धरहरा ०७२ वैशाख १२ को भूकम्पमा पूर्ण क्षतिग्रस्त भएको थियो ।

धरहरा आन्तरिक र बाह्य पर्यटकको आकर्षण थियो । २ वर्षमा निर्माण सक्ने गरी जीआईईटीसी रमन कन्स्ट्रक्सनले काम सुरु गरेको धरहरा ३ अर्ब ४५ करोडमा बन्दै छ । गत पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको उद्घाटन गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले धरहरामा सातौं तलाको काम भइरहेको बताए । 

तर सुरुवाती समयमा निर्माणले गति लिए पनि पछिल्लो समय काममा ढिलाइ भइरहेको छ । काम सुस्त हुँदा तोकिएको समयमै धरहरा बन्नेमा मानन्धर आशंका व्यक्त गर्छन् । उनका अनुसार टावर निर्माण अक्टोबर २०२० मै सकिए पनि ‘फिनिसिङ’ लगायत अन्य काम सकिने सम्भावना कम छ ।

निर्माणधीन धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ । २९ रोपनीमा बन्ने धरहरा २२ तलाको हुनेछ जसमध्ये तीन तला अन्डर ग्राउन्ड (भूमिगत) हुनेछन् । १८औं तलामा अवलोकलन कक्ष, म्युजियम, पुस्तकालय, वाटर फाउन्टेन, बगैंचा, रेस्टुरेन्ट हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने तथा बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

भूमिगत तीन तलामा पार्किङको व्यवस्था मिलाइनेछ । जहाँ ३५० गाडी र ६ हजार मोटरसाइकल राख्न सकिनेछ । गोश्वारा हुलाक भवन भएको ठाउँमा पार्क बनाइनेछ । पार्कभित्रै बस्ने ठाउँ, ढुंगेधारा, हरियाली, चमेना गृह हुनेछ ।

नेपाल चिनाउने सामग्री बेच्ने पसल हुनेछन् । धरहरा रातिको समयमा अझै रमणीय हुनेछ । रातको समयमा काठमाडौं उपत्यकाको झिलिमिली देखिने सिंगो स्तम्भकै रूपमा धरहरा रहने मानन्धर बताउँछन् ।
पुरानो धरहराले ओगटेको ६ रोपनी, गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी गरी २९ रोपनी जग्गामा धरहरा बनाउने काम सुरु गरिएको हो ।

पहिलेको धरहराको ठुटोको १० मिटर पूर्वतिरको छेवैमा नयाँ धरहरा बनिरहेको  छ । जहाँ दैनिक १५० मजदुरले काम गरिरहेका छन् । भत्किएको (पुरानो) धरहराभन्दा नयाँ धरहराको चौडाइ धेरै छ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा भ¥याङ पनि रहन्छ । लिफ्ट र भ¥याङबाट धरहरा चढ्न सकिनेछ ।

सन् १८३२ मा भीमसेन थापाले बनाएको ११ तले धरहरा ९० सालको भूकम्पले क्षतिग्रस्त भएपछि ९ तलामा सीमित भएको थियो ।
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro