site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेविसंघको तदर्थ कार्यसमिति गठन, अध्यक्षमा राजीव ढुंगाना 
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमिति गठन गरिएको छ । नेविसंघको अध्यक्षमा राजीव ढुंगानालाई नियुक्त गरिएको छ । 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णयअनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गरेको नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । 

उनका अनुसार महामन्त्रीमा मनोज वैद्य र अर्को महामन्त्रीमा महेश्वरी कुँवरलाई नियुक्त गरिएको छ । त्यसैगरी यस कार्यसमितिले ६ महिनाभित्र १२ औं केन्द्रीय अधिवेशन सम्पन्‍न गर्नेसमेत निर्णय गरेको छ । 

KFC Island Ad
NIC Asia

तदर्थ समितिमा पदाधिकारी भएका व्यक्तिले आगामी अधिवेशनमा उमेदवार हुन नपाउने प्रावधान गरिएको छ । त्यसैगरी आगामी केन्द्रीय अधिवेशनमा ३२ वर्ष ननाघेका व्यक्तिलेमात्र भाग लिन पाउनेछन् । 

प्रेस विज्ञप्ति

Royal Enfield Island Ad

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गर्नु भएको छ ।

१. श्री राजीव ढुंगाना (सुनसरी) –अध्यक्ष
२. श्री मनोज बैद्य (काठमाण्डौं) –महामन्त्री
३. श्री महेश्वरी कुँवर (पाल्पा) –महामन्त्री

यस तदर्थ कार्यसमितिले–

(१) आजको मितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्नेछ ।
(२) आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछ । 
(३) तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन । 
(४) यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउनेछन् ।

नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र   गरिनेछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro