site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साताव्यापी तरकारीको मूल्य, कुनमा कति प्रतिशत घट्यो ?

काठमाडौं । साताव्यापी तरकारीको मूल्य घट्दो देखिएको छ । उपत्यकाको प्रमुख तरकारी बजार मानिने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीले दिएको जानकारी अनुसार गत आइतबार र शुक्रबार (आज) को तरकारीको तुलनात्क अध्ययन गर्दा तरकारीको मूल्य घटेको छ । 

समितिका अनुसार आइतबारको तुलनामा आज ठूलो नेपाली र भारतीय गोलभेडा ९ दशमलव ५२ प्रतिशतले घटेको छ । त्यसैगरी, , सानो टनेल गोलभेडा  र भारतीय सानो गोलभेडाको मूल्य २६ दशमलव ६७ प्रतिशत र सानु तराई गोलभेडा ३५ दशमलव ३९ प्रतिशत घटेको छ । 

त्यसैगरी, रातो भारतीय आलु १५ दशमलव ३८ प्रतिशत, भारतीय सुकेको प्याज १८ दशमलव १८ प्रतिशत, सुकेको चाईनीज प्याज २९ दशमलव ६३ प्रतिशत, लोकल काउली १० दशमलव ५३ प्रतिशत, भण्टा २१ प्रतिशत, घिउँ सिमी ७ दशमलव ४१ प्रतिशत, राजमा २१ प्रतिशत, टाटे सिमी १९ प्रतिशत,  बरेला २८ दशमलव ५७ प्रतिशत, हरियो प्याज २० दशमलव ५१ प्रतिशत, कन्य च्याउ १९ दशमलव ३५ प्रतिशत, गान्टे मुला १३ दशमलव ३३ प्रतिशत र हरियो धनीयाँ २७ दशमलव ५९ प्रतिशतले घटेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केहि तरकारीको मूल्य भने वृद्धि भएको छ । वृद्धि भएका तरकारी मध्ये ,हरियो लाम्चो फर्सीको मूल्य भने २२ दशमलव २२ प्रतिशतले बढेको छ । त्यसैगरी, भिण्डी ३८ दशमलव १० प्रतिशतले, तरुल २६ दशमलव ६७ प्रतिशत र सुकेको खुर्सानी २ दशमलव ४१ प्रतिशतले मूल्य बढेको छ  ।

कालीमाटी तरकारी बजारमा तनहुँ, सिन्धुपाल्चोक, सर्लाहि, नुवाकोट, मकवानपुर, भक्तपुर, लतितपुर, झापा, गोरखा, दोलखा, चितवन, धादिङ, काभ्रेसँगै भारत र चीनबाट समेत तरकारी आयात हुने गरेको छ ।

आजको मूल्य कति ? 

कालीमाटी तरकारी बजारमा शुक्रबार नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो एक सय रुपैयाँ रहेको छ । त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ५० रुपैयाँ, रातो आलु प्रतिकिलो ७० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो १४० रुपैयाँ, चाइनिज सुकेको प्याज प्रतिकिलो सय रुपैयाँ, लोकल गाजर प्रतिकिलो ९० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ६० रुपैयाँ, भिण्डी प्रतिकिलो १५० रुपैयाँ, स्कुस प्रतिकिलो ८० रुपैयाँ, पालुगो , मेथी र चम्सुरको साग प्रतिकिलो ११० रुपैयाँ रहेको छ  । कालीमाटी तरकारी बजारमा दैनिक ८ सय टनको हाराहारीमा तरकारी आयात हुने गरेको छ । 


 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १७:१३
प्रतिक्रिया दिनुहोस्