site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दैनिक १८ सय विदेशिनुको प्रभाव कृषिमा, धान उत्पादन घट्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

फाइल तस्बिर


काठमाडौं  । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको धान उत्पादनको प्रक्षेपण (अनुमानित उत्पादन ) अनुसार धान उत्पादनमा कमी देखिएको हो । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग तथा अन्तर्गतका केन्द्रीय कार्यालयहरु, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयहरु अन्तर्गतका कृषि विकास निर्देशनलायबाट प्राप्त बालीनालीस्थिति, बाली कटानी विवरण तथा महाशाखाको अगुवाईमा सातै प्रदेशमा स्थलगत अनुमानका लागि खटिएका टोलीको प्रतिवेदन एवं मौसम तथ्यांकसमेतका आधारमा तयार पारिएको चालु आर्थिक वर्षको धान उत्पादनको प्रारम्भिक अनुमानले यो वर्ष धान उत्पादन घट्ने देखिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा धानको उत्पादन घट्नुमा समयमा रोपाइँ हुन नसकेर केही जमिन बाँझो रहेको, मनसुन ढिलो सुरु भएको, केही स्थानमा किराको प्रकोप तथा बिउको समस्यासँगै मुलुकबाट उत्पादनशील युवा वर्गको विदेश पलायनबाट कृषि श्रमिक उपलब्धतामा आइपरेको असहजता, घडेरीकरणजस्ता कारणबाट धान उत्पादनमा कमी आएको हो ।  

वैदेशिक रोजगार विभागको महानिर्देशक भिष्‍म भुसालका अनुसार दैनिक १८ सय मानिस वैदेशिक रोजगारीका लागि मुलुक छोड्ने गरेका छन् । नेपालको उर्जाशील जनशक्ति विदेशिँदा त्यसको प्रत्यक्ष प्रभाव कृषि क्षेत्रमा देखिएको कृषि मन्त्रालयले जनाएको छ । 

Royal Enfield Island Ad

तर उत्पादकत्व वृद्धि हुनुमा उन्‍नत तथा हाइब्रिड जातका बिउको उपलब्धता तथा प्रयोगमा आएको वृद्धि, औसतको तुलनामा लामो मनसुन अवधि, रसायनिक मलमा सहजता ,सिंचाई प्रविधिमा आएका सुधारहरु रहेको बताइएको छ । आव २०७३ - ७४ मा १४ दशमलव पाँच रहेको बिउ प्रतिस्थापन दर चालु आव २०.५२ हुनु उत्पादकत्व वृद्धिको महत्पूर्ण विषय रहेको मन्त्रालयको भनाई छ ।

तुलनात्मक रुपमा हेर्दा गत आवमा नेपालको धान उत्पादन अहिलेसम्मकै उच्च अर्थात ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भएको थियो । चालु आवमा एक प्रतिशतले कमी अर्थात ५९ हजार मेट्रिक टन न्यून हुन पुगेको मन्त्रालयको भनाई छ । 

तर मन्त्रालयले उत्पादन अंक गत आवको तुलनामा सामान्य कमि देखिए पनि विगतका इतिहासको दोस्रो सर्वाधिक उत्पादन बर्षको रुपमा कायम भएको प्रस्ट पारेको छ । 

विगत पाँच वर्षको धान उत्पादन विश्लेषण गर्दा आव २०७२-७३ को तुलनामा यो उत्पादन करिब २९ प्रतिशतले बढी अर्थात १२ लाख ५१ हजार मेट्रिक टन ले बढी हुन आएको छ । यसैगरी सोही आवको उत्पादकत्वको तुलनामा चालु आवको करिव २१ प्रतिशतले बढेको छ भने गत आवको तुलनामा उत्पादनमा कमी आए पनि उत्पादकत्व बढेको मन्त्रालयले प्रस्ट पारेको हो । 
यसैबीच मन्त्रालयले चालु आर्थिक वर्षमा उत्पादकत्वका हिसावले प्रदेश तीन सबैभन्दा उच्च र कर्णाली प्रदेश न्यून रहेको प्रस्ट पारेको छ । 

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा १ नम्बर प्रदेशमा तीन लाख २३ हजार २१७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । त्यसैगरी क्रमश- २ नम्बर प्रदेशमा तीन लाख ७७ हजार ६११ हेक्टर, ३ नम्बर प्रदेशमा एक लाख २९ हजार ८३० हेक्टर, गण्डकी प्रदेशमा एक लाख आठ हजार ६९७ हेक्टर, ५ नम्बर प्रदेशमा तीन लाख तीन हजार ३९२ हेक्टर, कर्णाली प्रदेशमा ३८ हजार ८८६ हेक्टर र सुदुरपश्चिम प्रदेशमा एक लाख ७७ हजार २८२ हेक्टर गरेर कुल १४ लाख ५८ हजार ९१५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । 

जसमध्ये २ नम्बर प्रदेशमा सबैभन्दा धेरै १४ लाख २० हजार ४३६ मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ । त्यसैगरी क्रमश - १ नम्बर प्रदेशमा १२ लाख ४५ हजार ५४५ मेट्रिक टन, ३ नम्बर प्रदेशमा पाँच लाख १० हजार २०१ टन, गण्डकी प्रदेशमा चार लाख  आठ हजार ७३७ मेट्रिक टन, ५ नम्बर प्रदेशमा ११ लाख ८५ हजार ४९३  मेट्रिक टन, कर्णाली प्रदेशमा एक लाख ३४ हजार ४०७ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ४६ हजार ५९ मेट्रिक टन  गरेर यो वर्ष कुल ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयले अनुमान गरेको हो । 

मन्त्रालयकाअनुसार गत वर्ष १ नम्बर प्रदेशमा तीन लाख २८ हजार ७२८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । त्यसैगरी क्रमश- २ नम्बर प्रदेशमा चार लाख एक हजार ९०६ हेक्टर, ३ नम्बर प्रदेशमा एक लाख ३३ हजार ८४२ हेक्टर, गण्डकी प्रदेशमा एक लाख १४ हजार २८२ हेक्टर, ५ नम्बर प्रदेशमा तनि लाख सात हजार ४०७ हेक्टर , कर्णाली प्रदेशमा ३८ हजार ५२७ हेक्टर र सुदुरपश्चिम प्रदेशमा एक लाख ६७ हजार ५३ हेक्टर गरेर कुल १४ लाख ९१ हजार ७४४ हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो । 

जसमध्ये १ नम्बर प्रदेशमा १२ लाख ३७ हजार ९५२ मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी क्रमश- २ नम्बर प्रदेशमा १४ लाख ९५ हजार ४४ मेट्रिक टन, ३ नम्बर प्रदेशमा पाँच लाख २१ हजार ४४६ मेट्रिक टन, गण्डकी प्रदेशमा चार लाख २७ हजार ६८९ मेट्रिक टन, ५ नम्बर प्रदेशमा ११ लाख ८८ हजार ६७५ मेट्रिक टन, कर्णाली प्रदेशमा  १३ लाख ३५ हजार ७९ मेट्रिक टन रसुदुरपश्चिम प्रदेशमा ६ लाख ५ हजार ६२६ मेट्रिक टन गरेर कुल ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको थियो । 

यसैबीच मन्त्रालयले उत्पादकत्वका हिसावले ३ नम्बर प्रदेश सबैभन्दा उच्च रहेको बताएको छ । मन्त्रालयले दिएको जानकारी  अनुसार चालु आर्थिक वर्षमा ३ नम्बर प्रदेशको उत्पादकत्व सबैभन्दा धेरै तीन दशमलव ९३ प्रतिशतले वृद्धि भएको हो ।

त्यसैगरी क्रमश- १ नम्बर प्रदेशमा धानको उत्पादकत्व, दुई दशमलव ८५, २ नम्बर प्रदेशमा तीन दशमलव ७६ , गण्डकी प्रदेशमा तीन दशमलव ७५, ५ नम्बर प्रदेशमा तीन दशमलव ९१, कर्णाली प्रदेशमा तीन दशमलव ४६ र सुदुरपश्चिम प्रदेशमा तीन दशमलव ६४ गरेर कुल तीन दशमलव ८० मध्ये एक दशमलव दुई प्रतिशत उत्पादकत्व वृद्धि भएको हो । 

मन्त्रालयले आर्थिक वर्ष २०७५-०७६ को तुलनामा चालु आर्थिक वर्षमा १ नम्बर प्रदेशमा एक दशमलव सात प्रतिशत  हेक्टरमा कम रोपाइँ भएको बताएको छ । त्यसैगरी २ नम्बर प्रदेशमा ६ दशमलव शून्य प्रतिशत, ३ नम्बर प्रदेशमा तीन दशमलव शुन्य प्रतिशत, गण्डकी प्रदेशमा चार दशमलव नौं प्रतिशत, ५ नम्बर प्रदेशमा एक दशमलव तीन प्रतिशत कम रोपाइँ   भएको बताएको छ । तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गत वर्षभन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको छ । कर्णाली प्रदेशमा शून्य दशमलव नौ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६ दशमलव एक प्रतिशतले रोपाइँ वृद्धि भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro