site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जनरल मनोज मुकुन्द बने भारतको २८ औं सेना प्रमुख

नयाँ दिल्ली । जनरल मनोज मुकुन्‍द नरभाने मंगलबार भारतको २८ औं सेना प्रमुख बनेका छन् । भारत स्वतन्त्र भएपछिका उनी २८ औं सेना प्रमुख बनेका हुन् । 

निवर्तमान सेना  प्रमुख विपिन राउतले तीन वर्षे सेवा अवधिबाट सन् २०१९ को डिसेम्बर ३१ मा अवकाश पाएपछि मनोज मुकुन्द सेना प्रमुख बनेका हुन् । सन् २०१९ को सेप्टेम्बरमा भारतीय सेनाका उपप्रमुखमा नियुक्त हुनुअघि उनले भारतको पूर्वी कमान्डको जिम्मेवारी सम्हालेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले जनवरी २०२० देखि भारतको १.३ मिलियन सेनाको नेतृत्व गर्नेछन् । उनले पछिल्लो समय भारतको चीनसँगको करिब ४ हजार किमि सीमाको सुरक्षा नेतृत्व गर्दै आएका थिए । 

सेनामा ३७ वर्ष लामो समयदेखि काम गर्दै आएका उनी यसअघि पूर्वोत्तर भारत र जम्मु तथा काश्मीर क्षेत्रमा खटिएका थिए ।

उनले श्रीलंकामा भारतीय पिस किपिङ फोर्समा सहभागिता जनाउनुका साथै म्यान्मारको भारतीय दूतावासमा तीनवर्ष डिफेन्स एट्याचीक रुपमासमेत काम गरेका थिए ।

यससँगै नेसनल डिफेन्स एकेडेमीको ५६ औं कोर्सबाट एयर फोर्स चिफ एयर मार्सल आरकेएस भदौरिया र नेभी चिफ एड्मिरलमा करमबीर सिंह नियुक्त हुने भएका छन् । - डीएनए इन्डिया 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  १६:१९
प्रतिक्रिया दिनुहोस्