site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सुडानमा २७ जना गुप्तचर एजेन्टलाई मृत्युदण्डको सजाय

सुडानको अदालतले २९ जना गुप्तचरका एजेन्टलाई मृत्युदण्डको सजाय सुनाएको छ । एकजना शिक्षकलाई हिरासतमा हत्या गरेको आरोपमा दोषी पाइएपछि सोमबार सुडानको अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो । सुडानका पूर्वराष्ट्रपति ओमार अल-बसिरविरुद्ध प्रदर्शन गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

सुडानको अदालतका न्यायाधीश साडोक अबडेलरहमानले २९ जना गुप्तचरका एजेन्टले अहमेद अल-खेरलाई अनुसन्धानका क्रममा सोधपुछ गर्दा यातना दिएको, सेवासुविधा नदिएको र हत्या गरेको आरोपमा दोषी ठहर भएकाले झुण्ड्याउने आदेश दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुडानको पूर्वी प्रान्त कासलाबाट जनवरी अन्तिमतिर पक्राउ परेका अहमेदलाई हिरासतमा कुटपिट गरिएको थियो । कुटपिटमा संलग्‍न भएको पाइएपछि अन्य तीनजना अधिकारीहरुलाई पनि तीन वर्षको जेल सजाय तोकिएको छ । अन्य सातजनालाई रिहा गर्नसमेत अदालतले आदेश दिएको छ । 

खेरका परिवारका अनुसार गुप्तचर संस्थाले भने उनी विष सेवनका कारण मृत्यु भएको दाबी गरिरहेको छ । तर, अनुसन्धानका क्रममा  भने खेरको कुटपिटका कारण मृत्यु भएको पाइएको छ । 

उक्त आदेश सुनाउने क्रममा ओडुरमान अदालत बाहिर सयौंले र्‍याली निकालेर आदेशको स्वागत गरेका थिए । उनीहरुमध्ये केहीले खेरको तस्बिर हातमा लिएका थिए भने केहीले राष्ट्रिय झण्डा बोकेका थिए । अलजजिरा

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  १५:५७
प्रतिक्रिया दिनुहोस्