site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनले आजबाट सुरु गर्दैछ आफ्नै प्रविधिबाट  बनाएको १७४ किमी लामो रेलमार्ग

बेइजिङ । चीनको बेइजिङबाट उत्तरी चीनको हेबेइ प्रान्त जोड्ने हाइ स्पिड रेल आजबाट सञ्चालनमा आउने भएको छ ।  सन् २०२२ को ओलम्पिक र प्यारा ओलम्पिक विन्टर गेमका लागि यो महत्वपूर्ण परियोजना हो ।

१७४ किमी लामो यो रेल लाइन चीनले विकास गरेको बेइडाउ सेटलाइट नाभिगेसन प्रणालीअनुसार अघि बढाइएको पहिलो परियोजना हो । रेलको गति ३५० किमी प्रतिघण्टा रहने जनाइएको छ ।  यो रेलमार्गले बेइजिङ्ग र हेबेइ प्रान्तको झाङ्गजिआकाओको यात्राको समयलाई करिब ३ घण्टा घटाउनेछ । झाङ्गजिआकाओ २०२२को विन्टर गेमको सहप्रायोजक सहर हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रेलमार्गमा १० वटा स्टेसन हुने र सबैमा फेसियल रिकोग्नीसन डिभाइसको माध्यमबाट परिचयपत्रको आधारमा यात्रुलाई प्रवेशको व्यवस्था गरिएको छ । टिकट वितरणको कार्य गएको शनिबारदेखि नै सुरु भइसकेको छ । टिकक बिक्री खुलेको एक मिनेटमै सोमबारको यात्राका लागि टिकट बिक्री भएको जनाइएको छ । 

बेइजिङ्गबाट झाङ्गजिआकाओ सम्मको भाडा ८८ युआन अर्थात् १२ दशमलब ५८ डलर तोकिएको छ । 

सो रेलमार्गको निर्माण कार्य सन् २०१६मा शुरु भएको थियो । त्यसको परीक्षण सञ्चालन यही डिसेम्बर ३ बाट शुरु भएको हो ।  (ग्लोबल टाइम्स)
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  ११:१२
प्रतिक्रिया दिनुहोस्