site stats
बाह्रखरी :: Baahrakhari
विदेश
के हुन सक्छ किमको आक्रामक नीति ?
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिउल । उत्तर कोरियाका नेता किम जोङ उनले देशको सार्वभौमसत्ता र सुरक्षाको लागि सकारात्मक र आक्रामक रणनीतिका लागि आह्वान गरेका छन् । उनले आफ्नो पार्टीका नेताहरुलाई प्योङयाङमा सम्बोधन गर्दै सो कुरा बताएको सरकारी मिडियाले जनाएका छन् । 

मिसाइल परीक्षण र आणविक नीतिका सम्बन्धमा अमेरिकासँग तनावको वातावरण रहेकै बेलामा उत्तर कोरियाका नेताले पछिल्लो भनाइ राखेका हुन् ।  उत्तर कोरियाको  लामो दूरीको मिसाइल परीक्षणका सम्बन्धमा अमेरिकाले आइतबार असन्तुष्टि जनाएको थियो ।  उत्तर कोरियाको सरकारी मिडिया केसीएनएका अनुसार किमले पार्टीको बैठक शनिबार बोलाएकोमा सो बैठकको आइतबार सम्म अध्यक्षता गरेका थिए । 

उनले सो अवसरमा सम्बोधन गर्दै सकारात्मक र आक्रामक नीति लिनु जरुरी रहेको जनाएका थिए ।  तर, उनले भनेको आक्रामक शैली के हो भन्ने बारेमा भने खुलेको छैन ।   किमको भनाई अघि अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनले उत्तर कोरियालाई जवाफ दिन अमेरिकासँग  ‘आफ्नो टुल किटमा धेरै टुल्स रहेको’ बताएका थिए । (बीबीसी)
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  ०८:५५
प्रतिक्रिया दिनुहोस्