site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाको चर्चमा गोली प्रहार, आक्रमणकारीसमेत तीनको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वाशिङटन । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ ।  लगत्तै प्रहरीले कारवाही गर्दा बन्दुकधारी पनि मारिएका छन् । सो आक्रमण वेस्ट फ्रिवे चर्चमा भएको हो ।  बन्दुकधारीले एक्कासी त्यहाँ पुगेर शट गन निकालेर फायरिङ थालेको थियो । 
आक्रमणकारीको नियतका बारेमा प्रहरीले अझै अनुसन्धान गरिरहेको जनाइएको छ ।

घटना स्थानीय समयअनुसार आइतबार  बिहान ११ः५० बजे भएको हो ।  गोली लागेका दुई व्यक्तिलाई उपचारको लागि अस्पताल लगिएकोमा त्यहाँ मृत्यु भएको हो । (बीबीसी) 
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  ०८:१२
प्रतिक्रिया दिनुहोस्