site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उत्तर कोरियाली नेताद्वारा उच्चस्तरीय नेताहरुसँग छलफल

पोङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो राजनीतिक दलका उच्चस्तरीय नेताहरुसँग छलफल गर्नुभएको समाचारमा जनाइएको छ । 

संयुक्त राज्य अमेरिकासँगको उच्चस्तरीय आणविक वार्ता गर्ने यसअघिको सहमति बमोजिम वार्ता स्थगित गरिएको अवस्थामा उहाँले राजनीतिक दलका उच्च नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको पनि समाचारमा जनाइएको छ । 

यो वार्तामा के कस्ता विषयमा छलफल भएको छ भन्ने बारेमा व्यापक मात्रामा चासो बढेको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त बैठक शनिबारबाट सुरु भएको र आइतबार पनि जारी रहेको बताइएको छ । यस बैठकमा कतिपयले अमेरिकासँग गर्ने भनिएको यस अघिको उच्चस्तरीय आणविक वार्ताको बारेमा कुराकानी भएको अनुमान गरेका छन् ।

तर कतिपयले भने उक्त बैठकमा यस विषयमा नभएर अर्काे आणविक परीक्षणको तयारीको बारेमा छलफल भएको पनि अनुमान गरेका छन् । उत्तर कोरियाले केही दिन अघि आणविक परीक्षण गरेको थियो । 

त्यस समयमा उत्तर कोरियाले अमेरिकाले आगामी क्रिसमसमा कस्तो उपहार खोजेको हो भनी प्रश्न गर्दै यदि उसले खोजेको उपहार यस्तै प्रकारको आणविक परीक्षण पनि हुनसक्ने भनी धम्की दिएको थियो । 

त्यसैले यो शनिबारबाट सुरु भएको उक्त बैठकमा उत्तर कोरियाली सरकारले आणविक परीक्षण गर्नसक्ने र सो विषयमा कुराकानी भएको हुनसक्ने अनुमान धेरैले गरेका समाचारमा जनाइएको छ । 

उत्तर कोरियाली सरकारी समाचार समिति के सि एनएले भने उत्तर कोरियाको सत्तारुढ वर्कस् पार्टीले प्रतिरक्षाको विषय तथा देश निर्माणका अरु विभिन्न महत्वपूर्ण विषयवस्तुहरुमा कुराकानी गर्ने जानकारी दिएको छ । 

यो वर्षको शुरुवातमै कम्बोडियाको राजधानी हनोइमा भएको उच्चस्तरीय वार्तापछि अमेरिकासँगको यस्तो वार्ता भएको छैन । त्यस वार्तामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ता भएको थियो । 

त्यस वार्तामा उत्तर कोरियाले आणविक परीक्षण नगर्ने तथा निशस्त्रीकरणका विषयमा सहमति भएको बताइएको थियो । तर उत्तर कोरियाले सो सहमति पालना नगरेको बताइएको छ । 
तर उत्तर कोरियाले भने अमेरिकाले आफूमाथि लगाएको नाकाबन्दी जारी राखेको भन्दै वार्तामा अघि सारिएका शर्तहरुको पालना अमेरिकी पक्षबाट नभएको बताउने गरेको छ । - एएफपी

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  ०१:३०
प्रतिक्रिया दिनुहोस्