
संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले शनिबार आफ्नो मनपर्ने कुराहरु सार्वजनिक गरेका छन् । उनले हरेक वर्षको अन्त्यतिर वर्षभरि आफूलाई मनपरेका कुराहरु सार्वजनिक गर्ने गर्दछन् ।
उनले पुस्तकको सूची सार्वजनिक गर्दै 'मेरो विगत उज्जवल बनाउने कुरा' भन्दै सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा मनपर्ने कुरा सार्वजनिक गर्दै लेखेका छन्, "यो केही हास्यास्पद लाग्ने मेरो परम्परा हो । मलाई आशा छ कि यो तपाईंहरुका लागि पनि हो । किनकि हाम्रो नियमित काम र पारिवारिक जिन्दगीले व्यस्त बनाउँछ । तर, साहित्य र कलाजस्ता कुराले हाम्रो दैनिकीलाई थप प्रगतिशील बनाउन मद्दत गर्छन् ।"
अघिल्ला वर्षजस्तै पूर्वराष्ट्रपति ओबामालाई मनपर्ने पुस्तकहरु ऐतिहासिक, गैर-काल्पनिक र केही साहित्यिक उपन्यासहरु छन् । जसअन्तर्गत लस्ट चिल्ड्रेन आर्काइभ, साली रुनीले लेखेको यो पुस्तक बसाइँसराईबाट उत्पन्न हुने संकटमा आधारित छ । त्यसैगरी 'नर्मल लाइफ', हुलु सिरिजबाट प्रभावित भएर लेखिएको पुस्तक र दी टोपेका स्कुल, जसले गोरा पुरुषको अस्तित्वको विषयलाई समेटेको छ ।
ओबामालाई मनपर्ने पुस्तकहरु :
दी एज अफ सर्भिलियन्स क्यापिटालिज्म : दी फाइट फर अ ह्युमन फ्युचर एट दी न्यु फ्रन्टाइर अफ पावर - शोशाना जुबोफ
दी एनार्की : दी रिलेन्टलेस राइज् अफ दी इस्ट इन्डिया कम्पनी - विलियम डाल्रीमेपल
फ्युरियर आवर्स : मर्डर, फ्रड एन्ड दि लास्ट ट्रायल अफ हार्पर ली - कासी केप
गर्ल, वुमन, अदर - बेर्नारडाइन इभारिस्टो
दी हर्टबिट अफ वाउन्डेड नी : नेटिभ अमेरिका फ्रम १८९० टु दी प्रिजेन्ट - डेभिड ट्रयुर
हाउ टु डु नथिङ : रेसिस्टिङ दी एटेन्सन इकोनमी - जेनी ओडेल
लस्ट चिल्ड्रेन अर्काइभ - भलेरिया ल्युसेली
लट : स्टोरिज - बार्यन वाशिङ्टन
नर्मल पिपल - स्याली रुनी
दी अर्फन मास्टर्स सन - एडम जोन्सन
दी एलो हाउस - सारा एम ब्रुम
से नथिङ : अ ट्रु स्टोरी अफ मर्डर एन्ड मेमोरी इन नर्थन आयरल्यान्ड - प्याट्रिक राडेन किफी
दी टोपेका स्कुल - बेन लर्नर
ट्रिक मिरर : रिफ्लेक्सन अन सेल्फ डिलुजन - जिया टोलेन्टिनो
ट्रस्ट एक्सरसाइज् - सुसन चोइ
वि लिभ इन वाटर : स्टोरिज् - जेस वाल्टर