site stats
बाह्रखरी :: Baahrakhari
विदेश
समोआमा दादुराबाट ८१ जनाको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समोआ । समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट ८१ को मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएको यस दादुरा प्रकोपबाट हालसम्म ८१ जनाको मृत्यु  भएको सरकारी स्रोतले जानकारी दिएको हो । 

समोआमा सो रोग निगरानी टोलीकाअनुसार एक पाँच वर्षीया बालिकाको मृत्यु भएपछि सो सङ्ख्या ८१ पुगेको सरकारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
  
यस प्रकोपबाट ५ हजार २१७ व्यक्ति सङ्क्रमित भएका छन् । गएको २४ घण्टाभित्र नौ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ । 
   
  सङ्क्रमित ४३ अस्पतालमा भर्ना  भएका छन् । ती मध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । केही समययता समोआमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ । दादुरा असाध्यै सङ्क्रामक भाइरल रोग हो ।

बुधवारसम्म समोआमा  लगभग  ९५ प्रतिशत दादुराको खोप लगाइएको सरकारी स्रोतले जनाएको छ । - सिन्ह्वा 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  ०५:००
प्रतिक्रिया दिनुहोस्