विदेश

अंकारा । टर्कीको पूर्वी क्षेत्रमा रहेको लेक भानमा एउटा डुंगा दुर्घटना हुँदा पाकिस्तान, बंगलादेश र अफगानिस्तानका कम्तिमा सात जना आप्रवासीको मृत्यु भएको छ ।
इरानको सीमा नजिक रहेको यो तालबाट आप्रवासीहरू टर्की प्रवेश गर्छन् । युरोप जानका लागि दक्षिण एसियाका मानिसले टर्कीलाई ट्रान्जिटका रूपमा प्रयोग गर्छन् । ६४ जनालाई भने उद्धार गरेर नजिकैको अस्पतालमा लगिएको छ ।
उनीहरू टर्की भित्रको डुंगामा कसरी पुगे भन्ने बारेमा भने प्रस्ट भएको छैन । ५ जनाको घटनास्थलमा र २ जनाको अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
टर्कीको सरकारी सञ्चार माध्यमका अनुसार यो वर्ष कागजात नभएका ४ लाख ४१ हजार ५ सय ३२ आप्रवासीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
(बीबीसी)
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६ १४:५०
प्रतिक्रिया दिनुहोस्