site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चिनियाँभन्दा भारतीय प्याज प्रतिकिलो ४५ रुपैयाँसम्म महँगो

काठमाडौं ।  लामो समयदेखि नेपाली बजारमा भारतीय प्याज आयात भएको थिएन । दसैंको मुखैमा भारतले अनिश्चितकालका लागि सुकेको प्याज निर्यात बन्द गरेको थियो । 

भारतले प्याज निर्यातमा रोक लगाएपछि दैनिक ८० देखि ९० टन चिनियाँ प्याज नेपाल भित्रिरहेको छ  । प्याज रोप्‍ने समयमा बाढी, पहिरोको कारणले समस्या भएको थियो भने भारतले आन्तरिक माग पूरा गर्न नसकेर प्याज आयातमा रोक लगाएको हो ।  

तर पछिल्लो ३-४ दिन यता भने बजारमा भारतीय प्याज पनि छिटपुट मात्रामा देखिन थालेको छ । यस विषयमा कुरा गर्दा कालीमाटी  फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले प्याज निर्यातको लागि भारतले प्रतिबन्ध फुकुवा नगरेको बताए । श्रेष्ठका अनुसार प्रतिबन्ध फुकुवा नभएपनि ३- ४ दिन यता नेपालमा भारतीय प्याज आयात भएको छ ।

“प्याज निर्यातका लागि भारतले प्रतिबन्ध फुकुवा गरेको छैन, तर ३-४ दिन यता अनौपचारिक बाटो भएर दैनिक १० टनको हाराहारीमा भन्सार हुँदै भारतीय प्याज आयात भएको छ, ” उनले भने ।

प्रतिकिलो २० देखि ४५ रुपैयाँ बढी 

भारतीय सुकेको प्याज चिनियाँ प्याजको तुलनामा किलोमै २० रुपैयाँदेखि ४५ रुपैयाँसम्म बढिहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार आज कालीमाटी तरकारी बजारमा चिनियाँ सुकेको प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २१० रुपैयाँ र अधिकतम थोक मूल्य प्रतिकिलो १६५ रुपैयाँ छ भने भारतीय सुकेको प्याजको खुद्रा अधिकतम मूल्य प्रतिकिलो २३० रुपैयाँ र अधिकतम थोक मूल्य प्रतिकिलो २१० रुपैयाँ छ । 

यसरी तुलनात्मक रुपमा हेर्दा चिनियाँ प्याजको अधिकतम थोक मूल्यको तुलनामा भारतीय प्याजको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ  बढी र  चिनियाँ प्याजको अधिकतम खुद्रा मूल्यको तुलनामा  भारतीय प्याज प्रतिकिलो २० रुपैयाँ बढी  छ । 

हाल कालीमाटी तरकारी बजारमा दैनिक सात सयदेखि आठ सय टनसम्म तरकारी आयात भएको छ । 

यसैबीच भन्सार विभागले गत आर्थिक वर्ष  ०७५-७६ मा पाँच अर्ब २६ करोड ९६ लाख रुपैयाँको प्याज आयात भएको बताएको छ । सो वर्ष आयातित १६ करोड ७९ लाख किलो प्याजमध्ये ९५ प्रतिशत भारतबाट आएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७४-७५ मा चार अर्ब ६६ करोड ६६ लाख रुपैयाँको प्याज आयात भएको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  ०६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro