
मेड्रिड । स्पेनको राजधानी मेड्रिडमा भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन अर्को बैठकमा सबै राष्ट्रले जलवायु सम्बन्धी नयाँ प्रतिबद्धता अर्को बैठकमा पेश गर्ने गरी सम्पन्न भएको छ । मुलुकहरुले कार्बन उत्सर्जन कम गर्ने ठोस प्रतिबद्धता स्कटल्याण्डको ग्लास्गोमा अर्को वर्ष हुने बैठकमा पेश गर्नुपर्नेछ ।
यसैगरी कार्वन मार्केट सम्बन्धी विषयपनि अर्को बैठक सम्मका लागि थाति राखिएको छ ।
पूर्वनिर्धारित समयभन्दा थप दुई दिन र रातको सहमति प्रयासपछि ग्लास्गोमा हुने सम्मेलनमा कार्बन न्यूनीकरण योजना पेश गर्न सबै प्रतिनिधि सहमत भएका हुन् । सबै पक्ष विज्ञानले भनेको जलवायु परिवर्तनको खतरा सम्बोधन गर्न तयार देखिएका छन् ।
युरोपेली संघ(इयु) र अन्य केही आइल्याण्ड देशले राखेको महत्वकांक्षी कार्यक्रमलाई अमेरिका, ब्राजील, भारत र चीनले बिमति जनाएको बताइएको छ ।
तर, धनी देशहरुले सन् २०२० सम्ममा जलवायु परिवर्तनका सम्बन्धमा उनीहरुले गरेका प्रतिबद्धता तर्फ अघि बढेको सन् २०२० सम्ममा नै देखाउनुपर्नेछ । कार्यक्रममा उपस्थित धेरैजसो बैठकले तय गरेका धेरैजसो प्याकेजमा बेखुसी पाइएका छन् । उनीहरुले अझै एक वर्ष व्यर्थमा खेर जाने अवस्था उत्पन्न भएको जनाएका छन् । यद्यपि यो प्रक्रिया जीवित रहेकोमा भने उनीहरु सन्तुष्ट नै पाइएका छन् । (बीबीसी)