site stats
बाह्रखरी :: Baahrakhari
विदेश
तसलीमाले राम्रो भनिन्–भारतको नागरिकता विधेयक, सुधारवादी मुसलमानलाई समेट्न आग्रह
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयाँ दिल्ली । बंगलादेशकी निर्वासित लेखिका तसलीमा नसरीनले भारतमा बनाइएको नागरिकता संशोधन कानुन छिमेकी देशमा अत्याचार गरिएकाहरुका लागि राम्रो भएको बताएकी छन् । उनले गैर मुश्लिम बाहेक कानुनमा नास्तिक, उदारवादी, धर्मनिरपेक्ष र सुधारवादी मुसलमानलाई पनि सामेल गर्नुपर्ने जनाउँदै कट्टरपन्थीहरुको चपेटामा मुसलमान पनि परेको जनाएकी छन् ।

नागरिकता संशोधन कानुनलाई लिएर भारतीय मुसलमानका तर्फबाट चिन्ता जनाउनु बेइमानी भएको बताउँदै तसलीमाले मुसलमान समुदायले भारतका अन्य धार्मिक समुदायको जस्तै युनिफर्म सिविल कोड स्वीकार गर्नुपर्ने जनाइन् ।

सन्  १९९२ मा बाबरी मश्जिद ढलेपछि बंगलादेशमा पनि हिन्दु विरोधी दंगा भएको थियो । तसलीमाको चर्चित उपन्यास ‘लज्जा’ सोही पृष्ठभूमिमा आधारित रहेको थियो  । जसमा हिन्दु समुदायको अवस्थाको बारेमा चर्चा गरिएको छ । उनी कट्टरपन्थीले धम्क्याएपछि सन् १९९४देखि नै बंगलादेश बाहिर रहेकी छन् । उनी स्वीडेनको नागरिक भएकी छन् र अहिले भारतको भिसामा केही वर्षदेखि बस्दै आएकी छन् । (बीबीसी)
 

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  ०५:४१
प्रतिक्रिया दिनुहोस्