
हङकङ । हङकङस्थित एक सपिङ् मलमा सरकारविरोधी एक समूह र दंगाप्रहरीबीच झडप भएको छ । हङकङ नेतृको बेइजिङ यात्राको पूर्वसन्ध्यामा आइतबार हङकङमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
क्रिसमसका लागि सपिङ (किनेमेल) गर्ने मुख्य सिजनमा मास्कधारी प्रदर्शनकारीहरुले 'फाइट फर फ्रिडम' (स्वतन्त्रताका लागि लडनुहोस्), 'रिटर्न जस्टिस् टु अस' ( हामीलाई न्याय फिर्ता गर्) लगायतका नारा लगाउँदै कालो पहिरनमा मल हुँदै र्याली निकालेका थिए ।
कोलूलन बेस्थित टेलफोर्ड प्लाजामा प्रदर्शनकारीको आँखामा खुर्सानीको धुलो छर्किनुका साथै कुटपिट गर्नुका साथै प्रहरीले केही प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।
शातिनस्थित न्यु टाउन प्लाजा मलबाहिर प्रहरीले एक सेल अश्रु ग्यास प्रहार गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार केही सडकहरु बन्द गरेको छ भने मलका सिसाहरु तोडफोड गरेको छ ।
प्रहरीले भने केही सपिङ मल तोडफोड भएको र स्मोक बम प्रहार गरिएको जनाएको छ । जसकाकारण केही पसलहरु प्रदर्शनअघि नै बन्द गरिएको थियो ।
छ महिनाअघिदेखि सुरु भएको आन्दोलन दशककै ठूलो आन्दोलनका रुपमा हेरिएको छ । - रोयर्टस