site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गलत सूचना प्रवाह गर्ने पोष्ट हटाउन विपक्षी दललाई सिंगापुर सरकारको निर्देशन 

 सिंगापुर । सिंगापुर सरकारले विपक्षी दल सिंगापुर डेमोक्रेटिक पार्टी (एसडीपी) लाई सामाजिक सञ्‍जाल फेसबुकमा राखिएको पोष्ट सच्याउन निर्देशन दिएको छ । निर्वाचन नजिकै गर्दा विपक्षी दलले गलत सूचना प्रवाह गरेको आरोप लगाएको सरकारले सच्याउन निर्देशन दिएको हो । 

विपक्षी दल एसडीपीले विदेशी कामदाहरु ल्याएर सिंगापोरियनहरुलाई कामबाट निकालेको भन्दै सामाजिक सञ्‍जाल फेसबुकमा पोष्ट गरेको थियो । तर, अधिकारीहरुले भने उक्त आरोप सही नभएको बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"यस्ता किसिमका गलत र भ्रामक अभिव्यक्तिहरुको एउटै उद्देश्य भनेको - स्थानीय कामदारहरुमा त्रास र आवेग पैदा गर्नु हो । यो प्रमाणित गर्नु छ कि सिंगापोरियनहरु भ्रामक सूचनाको पछि लाग्दैनन् भन्‍ने प्रमाणित गर्नुछ, " सरकाले आफ्नो फ्याक्ट चेकिङ साइटमा उल्लेख गरेको छ ।

संख्यात्मक रुपमा सानो रहेको विपक्षी दलले आइतबार यो सबै निर्देशन बमोजिम हुने बताएको छ । यद्पि एसडीपीका उपाध्यक्ष जोन टानले म्यानपावर मन्त्री जोसेफाइन टिओको अभिव्यक्ति 'विवादास्पद' रहेको बताएका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १६:५३
प्रतिक्रिया दिनुहोस्