site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने ट्रम्पको तयारी

वाशिङ्टन । संयुक्त राज्य अमेरिकाका डोनाल्ड ट्रम्पको प्रशासनले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने तयारी थालेकोछ । अफगानिस्तानमा अमेरिकाको करीब चार हजार सैनिक फिर्ता बोलाउने तयारी भइरहेको छ । 

उक्त घोषणा राष्ट्रपति ट्रम्पले अर्को साता अगावै गर्ने तयारी भइरहेको एक उच्च अधिकारीले पुष्टि गरेको सीएनएनले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रम्पले यसअघि पनि आफ्नो हजारौं सेना फिर्ता बोलाउने बताउँदै आएका थिए । विगत १८ वर्ष लामो समयदेखि चलिरहेको युद्धलाई रोक्न करिब १२-१३ हजार अमेरिकी सेना अफगानिस्तानमा खटिएका छन् । 

यसअघि अगस्टमा फक्स न्युजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भनेका थिए, "हामी हाम्रा आठ हजार ६ सय सेना फिर्ता गराउने तयारीमा छौं ।" 

तर पछिल्लो प्रतिक्रियाका सम्बन्धमा भने ह्वाइट हाउस र पेन्टागन अधिकारीले भने कुनै प्रतिक्रिया दिएका छैनन् । 

अहिले अमेरिका र तालिबान समूहबीच शान्ति वार्ता गर्ने तयारी पनि भइरहेको छ । राष्ट्रपति ट्रम्पले पनि गत महिना तालिबान समूह युद्धविराम गर्न तयारी भएकोतर्फ संकेत गरेका थिए । - सीएनएन
 

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १६:२१
प्रतिक्रिया दिनुहोस्