site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लेबनानमा हिंस्रक झडप, दर्जनौ घाइते
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेरुत  । लेबनानको राजधानी बेरुतमा शनिबार भएको झडपमा दर्जनौ मानिस घाइते भएका छन् ।  बेरुतमा नेपालको शान्ति सेनापनि रहँदै आएको छ । प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्ने क्रममा झडप भएको बताइएको छ ।प्रहरीले अश्रुग्याँस फाल्नुका साथै रबरको गोली पनि प्रहार गरेको थियो । 
प्रदर्शनकारीले भने ढुंगा प्रहार गरेका थिए । प्रहरीका कम्तिमा २० अधिकारीपनि घाइते भएका छन् ।

आर्थिक अव्यवस्थाको विरोधमा गएको अक्टोबर महिनादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ । 

शनिबारको कार्यक्रम बढी हिंस्रक भएको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री साद अल हरिरीको राजीनामा मागिरहेका छन् । यद्यपि नयाँ सरकार बनाउने सम्बन्धी वार्ता अवरुद्ध हुँदै आइरहेको छ । (बीबीसी लगायत एजेन्सी)
 

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  ०९:४४
प्रतिक्रिया दिनुहोस्