site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अल्बानियामा भूकम्पमा भवन भत्किएपछि निर्माणकर्ता पक्राउ, अवैध अनुमति दिने देशै छोडेर भागे
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अल्बानिया । भूकम्पका कारण गएको महिना घर भत्किएको कारण निर्माणकर्ता र सरकारी अधिकारीसमेत ९ जनालाई शक्तिको दुरुपयोग गरेको भन्दै पक्राउ गरिएको छ ।  तीमध्ये दुईवटा होटलका मालिक पनि रहेका छन् । उनीहरुलाई डुरेजमा कमजोर होटल बनाएको आरोप लगाइएको छ । 
दुवै होटलहरु गैरकानुनी रुपमा बनाइएको र तीमध्ये एकलाई गैरकानुनी रुपमा वैध गरिएको प्रहरीले जनाएको छ । 

सन् १९९० मा कम्युनिस्ट शासन अन्त्य भएपछि अल्बानियामा जथाभावी भवन निर्माण गर्ने चलन बढेको थियो ।  गएको २६ नोभेम्बरमा गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पमा ५१ जनाको मृत्यु भएको थियो । भूकम्पले १४ हजार भन्दा बढी मानिस घरविहीन भएका थिए । अभियोजकको कार्यालयले निर्माणको कार्यमा बदमासी गर्ने जम्मा १७ जनालाई पक्राउ पूर्जी जारी गरेको जनाइएको छ । 

तिनमा इन्जिनियर र सरकारी अधिकारीहरु समेत रहेका छन् । अन्य ८ जनाको बारेमा पनि अनुसन्धान भइरहेको र केही भने भूकम्पपछि देश नै छोडेर भागेको जनाइएको छ । (बीबीसी)
 

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  ०८:०५
प्रतिक्रिया दिनुहोस्