site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१७ औं हस्तकला व्यापार मेला सुरू (फोटो फिचर)

काठमाडौं । १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता भृकुटीमण्डपमा सुरु भएको छ । आजबाट सुरू भएको मेला मंसिर १६ गतेसम्म हुनेछ । मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले  गरे । 

उद्योग वाणिज्य तथा आपर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नविल बैंक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंको आयोजनामा आगामी  मेला सुरु भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको महासंघले बताएको छ । १५ औं हस्तकला प्रतियोगीतामा हस्त कला क्षेत्रमा संलग्न कलाकार र कालिगढहरुको प्रतिभा पहिचान, मुल्याकंन एवं नयाँ पुस्तालाई समेत हस्तकला क्षेत्र प्रति आकर्षित गरी गराउने उद्देश्य रहेको छ । 

कार्यक्रममा प्रथमलाई ५० हजार द्धितियलाई ३० हजार र तृतियलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था समेत गरिएको छ । मेलामा परम्परागत विधामा १५ जना कालिगढ र समसामयिक विधामा १८ जना कलाकार सहभागि  भएका छन् । 

मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्न, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासंका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए । 

मेलामा एक करोड बजेट खर्च हुने अनुमान गरेको शाक्यले बताए ।  मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहेका छन् ,भने १० करोड बढीको कारोबार हुने महासंघले  अपेक्षा रहेको छ । एक लाख बढीले मेलाको अवलोकन गर्ने बताइएको छ । 

मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागीता रहेको छ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल नेपाली स्टल रहेका छन् । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिएको छ  ।

प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १६:००
प्रतिक्रिया दिनुहोस्