site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्बौंको धान-चामल आयातमा ‘गरिमा’ले थप भार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालमा कुल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये यसवर्ष १३ हजार दुई सय १८ हेक्टर क्षेत्रफल जमिन बाँझै रह्यो । समयमा वर्षा नहुनु र वर्षा सुरू भएसँगै गएको बाढी तथा पहिरोको कारणले यसवर्ष कम रोपाइँ भएको छ । त्यसमा पनि गरिमा धानले यसवर्ष उत्पादनमा उत्तिकै असर पर्ने अनुमान गरिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भने करीब दुई हजार हेक्टर क्षेत्रफलमा मात्र गरिमा धान रोपिएको दाबी गरेको छ । यता धान उत्पादनको प्रतिवेदन आइनसकेका कारण गरिमाको प्रभाव कतिको होला भन्नेबारे केही भन्न नसकिने मन्त्रालय बताउँछ । सातवटै प्रदेशमा धानको रिपोर्ट संकलनको कार्य भइरहेका दाबी गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बाह्रखरीसँग भने, “यो वर्षको धान उत्पादनको रिपोर्ट संकलन हुँदैछ, सातै प्रदेशमा रिपोर्ट संकलनको लागि टोली खटिएका छन् । हामीले गरिमा धान लगाएको क्षेत्रफल भनेको दुई हजार हेक्टर रहेको अनुमान गरेका छौं ।” केसीले यसै हप्तामा धान उत्पादनको प्रतिवेदन आउने अपेक्षा गरेका छन् ।

यसो विभिन्न समाचारहरुमा भनिएझैं गरिमा धान फल्दै नफलेको कुरा सत्य नरहेको प्रवक्ता केसीको दाबी गरे । ती समाचारको खण्डन गर्दै केसीले भने, “जे जति फलेको छ, त्यो हिसाब गछौं । त्यसपछि किसानको लागत हेरेर क्षतिपूर्तीले दिने कुरा चलिरहेको छ ।” केसीका अनुसार गरिमा धान कति फलेको छ भन्ने तथ्य नआएसम्म चर्चामा आएका समाचारका आधारमा मात्रै अनुमान गर्न सकिँदैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

केसीले थपे, “पहिले रिपोर्ट त आओस् । लागत र थोरै भएर आएको प्रतिफल हेरेर गरिमा धानका किसानले किसानले क्षतिपूर्ती पाउनेछन् ।”

अरु धान लगाउने किसानले धान काटेर दोस्रो बाली लगाइसकेका छन् । तर, गरिमा धान लगाउने किसान भने धान काट्ने कि नकाट्ने भन्ने दोधारमै छन् किनकी धान अझै पनि पुरा पाकिसकेको छैन ।

Royal Enfield Island Ad

२०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्राली लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालीबाट गरिमा जातको वर्णशंकर धानको बिउ आयात गरी नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण गरेको थियो । सो धान थन्क्याउनु पर्ने समयमा बाला नलागेपछि विज्ञ अनुसन्धान टोलीले स्थलगत निरीक्षण समेत गरेको थियो । कृषि मन्त्रालयले धानको डीएनए फिंगर प्रिन्ट परीक्षणपछि गरिमा धान नक्कली भएको बताएको थियो ।

सामान्यतया, एक हेक्टर जमीनमा १५ किलो धानको बीउ प्रयोग हुने गर्छ । यसलाई हेर्दा एक हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा गरिमा धान लगाइएको अनुमान छ । कृषि मन्त्रालयका अनुसार सबैभन्दा बढी चितवनमा यो धान लगाइएको थियो । यससँगै कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ र नवलपरासी पूर्वमा यो धान लगाइएको थियो । चितवनमा मात्र ९४० बिघामा यो धान लगाइएको बताइएको छ ।

यो धानको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेल्नुपर्ने र १२५ दिनभित्र उत्पादन भइसक्नुपर्ने थियो । तर गरिमा धान लगाएका विभिन्न जिल्लामा भने अनुसार नभएपछि किसान मर्कामा परेका छन् । जसले गर्दा न किसनले राम्रो उत्पादन पाए, न त दोस्रो बाली नै लगाउन । फलत: किसानहरु दोहोरो घाटामा परे । मन्त्रालयका अनुसार गतवर्ष बर्खे र हिउँदे गरेर कुल ५६ लाख १० हजार टन उत्पादन भएको थियो ।

धानको उत्पादन घट्ने हो भने यसवर्ष पनि आयातको मात्रा वृद्धि होला कि भन्ने प्रश्न गर्ने ठाउँ बनेको छ । किनकी देशको उत्पादनले यहाँको माग धान्न सक्ने अवस्था छैन ।

भन्सार विभागका अनुसार दिएको जानकारीअनुसार हरेक वर्ष धान र चामल आयात बढ्दो छ । विभागका अनुसार आर्थिक वर्ष २०७३-०७४ मा १६ करोड ३३ लाख २ हजार २२९ किलो धान आयात गरिएको थियो जसमा ४ अर्ब २८ करोड ६७ लाख ७९ हजार रुपैयाँ खर्च विदेशीएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७४-७५ मा २१ करोड ५० लाख ५० हजार ६७७ किलो धान आयातको लागि ५ अर्ब ९७ करोड २५ लाख २८ हजार, आर्थिक वर्ष २०७५-७६ मा २३ करोड ५१ लाख ६७ हजार ९६७ किलो  धान आयातको लागि ६ अर्ब ८४ करोड ६० लाख ५० हजार रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पनि ४ करोड १४ लाख ७२ हजार ५९४ किलो धान आयात गरिएको छ जसमा १ अर्ब ७ करोड ९४ लाख १५ हजार रुपैयाँ विदेशीएको छ ।

धानसँगै चामल आयातको अवस्था पनि हरेक वर्ष बढ्दो छ । विभागका अनुसार आर्थिक वर्ष २०७३-७४ मा ३९ करोड ४२ लाख १० हजार ४७५ किलो चामल आयातको लागि १८ अर्ब ७७ करोड २० लाख रुपैयाँ खर्च भएको थियो । 

त्यसैगरी आर्थिक वर्ष २०७४-७५ मा ४९ करोड ८५ लाख ४८ हजार ५११ किलो चामल आयातको लागि २२ अर्ब ८२ करोड ४८ लाख ७ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५-७६ मा ४८ करोड ९४ लाख ४४ हजार ९९६ किलो चामल आयातको लागि २४ अर्ब ६३ करोड ३ लाख ५७ हजार रुपैयाँ नेपालबाट बाहिरिएको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पनि ३० करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको चामल आयात भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro