site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुष्प व्यवसायीका समस्या– गाउँमा बजार छैन, सहरमा जमिन पाइँदैन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । फूलको चाड भनेर चिनिने तिहार संघारमा छ । तिहारका पाँचै दिन फूलको प्रयोग हुन्छ । त्यसमा पनि लक्ष्मीपूजाको दिन सबैभन्दा बढी । 

सबैको घरआँगनमा फूल फुलाउने ठाउँ हुँदैन । भए पनि पर्याप्त हुँदैन । त्यसैले तिहारका लागि फूल किन्नैपर्ने हुन्छ । फूल व्यवसायीहरुले किसानबाट किनेर तथा आयात गरेर उपभोक्तासम्म फूल पुर्याउँछन् । यो व्यवसाय वर्र्षौदेखि चलिरहेको छ । फूल व्यवसायीहरुको फ्यान नामक संगठनसमेत छ । फ्यानको आयोजनामा हालै ललितपुरमा पुष्प (फूल) मेला सम्पन्न भयो । मेलामा सहभागी व्यवसायीहरुसँग हामीले व्यवसायमा के–कस्ता समस्या छन् भनेर सोधेका थियौं । 

पुष्प व्यवसायमा ३५  वर्ष बिताएका तीर्थबहादुर महर्जन व्यवसायप्रति सन्तुष्ट छन् तर, खेतीको लागि आवश्यक जमिनको अभाव रहेको बताउँछन् । “इच्छा र जाँगर हुँदा पनि पानी, जमिन र कामदारको अभावका कारण सोचेअनुरुप व्यवसाय गर्न सकिएको छैन,” उनले भने पछिल्लो पुस्ताले पेसा अपनाउँछ वा अपनाउँदैन भन्ने कुरामा शंका छ उनलाई । आगामी दिनमा आफूले गर्दै आएको पेसा नै समाप्त हुन्छ कि भन्ने चिन्तामा छन् उनी । भन्छन्, “पछिल्लो पुस्ताले यो व्यवसाय धान्छन् जस्तो लाग्दैन । फूल खेतीप्रति कुनै चाख राख्दैनन्,” उनले भने । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

वर्षा नर्सरीका सञ्चालक हेम बहादुर सुनुवारको पनि भनाइ उस्तै छ । विगत १० वर्षदेखि पुष्प व्यवसाय (विशेषगरी कटफ्लावर)मा आवद्ध हेमबहादुर पुष्प व्यवसायका लागि विषादी, मलखाद र उपयुक्त जमिनको समस्या भएको बताउँछन् । उपत्यका बाहिरका ठाउँमा जमिनको अभाव नभए पनि फूल व्यवसाय सहरी केन्द्रित र धेरै खपत पनि सहरमै हुने भएकाले उपत्यका बाहिर उत्पादन भएका फूल ढुवानी गर्न समस्या रहेको उनको भनाइ छ । साथै फूल कच्चा पदार्थ भएकाले ढुवानी गर्न थोरै ढिलो भए पनि समस्या हुने भएकाले व्यवसाय सहर केन्द्रित भएको उनले प्रष्ट पारे ।

काठमाडौं नर्सरीकी सञ्चालिका स्मिता श्रेष्ठको गुनासो भने अलि फरक छ । धुम्बाराहीमा विगत नौ वर्षदेखि पुष्प व्यवसाय गर्दै आएकी श्रेष्ठ पुष्प व्यवसायको लागि उपयुक्त जमिनको अभावसँगै दक्ष जनशक्तिको अभाव रहेको बताउँछिन् । “युवा र दक्ष जनशक्ति विदेश पलायन भएको छ, व्यवसाय कसले गर्ने ?” उनले प्रतिप्रश्न गरिन् ।
मौसमी फूलको व्यवससाय गर्दै आएकी उनले पुष्प व्यवसायबाट मासिक ५० हजार आम्दानीसम्म गर्न सकिने बताइन् । आफ्नो व्यवसायप्रति सन्तुष्ट रहेको बताउने उनी ग्राहकले माग गरेको फूल उत्पादन गर्न सक्दा कुनै घाटा नभएको बताउँछिन् ।

Royal Enfield Island Ad

पुष्प व्यवसायमा देखिएका समस्या समाधान गर्न फ्लोरिकल्चरको शिक्षा बृहत् बनाउनुपर्ने उनको भनाइ छ । वर्षमा दुई पटक मात्र हुने पुष्प प्रदर्शनीलाई केन्द्रित गर्दै उनले सधैं भृकुटीमण्डप र ललितपुरको खेल मैदानमा मात्र नभएर विभिन्न ठाउँ र धेरै पटक पुष्प प्रदर्शनी गर्न सके फूलको व्यापार अझ बढ्ने बताइन् ।  
चार वर्षदेखि सञ्चालनमा रहेको घिमिरे नर्सरीका सञ्चालक दिलिप घिमिरे पुष्पखेतीमै भविष्य देखेर होमिएको बताउँदै व्यवसायका लागि मुख्य त बजेट अभाव नै समस्या भएको बताउँछन् । 

शिष्टता नर्सरीकी सञ्चालिका यशोदा सञ्जेलले ललितपुरस्थित थसिखेलमा व्यवसाायिक रुपमा पुष्प व्यवसाय गर्न थालेको पाँच वर्ष पूरा भयो । उनी पुष्प व्यवसायको लागि सबैभन्दा पहिला ठाउँको अभाव रहेको बताउँछिन् ।  “पुष्प व्यवसायका लागि मुख्य त जमिनको अभाव छ,” उनले भनिन्  ।

अरु व्यापार–व्यवसाय जस्तो सटरमा गर्न नसकिने भएकाले व्यक्तिको जग्गालाई सम्झौता गराएर काम सुरु गर्दा धेरै महँगो हुने र धेरै मेहनत गरेको ठाउँमा सम्झौतामा तोकिएअनुसार छोड्नुपर्ने भएकाले झन् समस्या हुने उनको भनाइ छ । पुष्प व्यवसायलाई अझ प्रभावकारी बनाउन सरकारी निकायबाट खेर गएका सरकारी जग्गालाई सस्तो मूल्यमा उपलब्ध गराई पुष्प व्यवसायलाई प्रवर्द्धन गर्न उनले आग्रह गरेकी छिन्  ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ पुष्प व्यवसायमा देखिएको प्रमुख समस्या सरकारले पुष्प व्यवसायलाई प्राथमिकतामा नराख्नु भएको बताउँछन् । सरकारले पुष्प व्यवसायलाई कृषिको वैकल्पिक व्यवसायको रुपमा अघि बढाउँदै लानुपर्ने भए पनि त्यस्तो नगरेको उनको भनाइ छ । “कुन ठाउँमा के उत्पादन हुन्छ  पहिचान गरेर अन्नबाली हुने ठाउँमा अन्नबाली र फूल फुल्ने ठाउँमा फूल रोप्न सक्नुपर्छ,” उनले भने  ।

“वैदेशिक भ्रमणमा गएर आउने अधिकांश नेताहरुले फलानो ठाउँमा यस्तो देखेँ भन्दै सुनाउने चलन छ तर कसरी बन्यो भन्ने भित्री कुराको अध्ययन छैन । त्यो सबैभन्दा ठूलो समस्या हो,” उनले भने । 

थोरैबाट धेरै फूलको खेती गर्न थालिएकाले सहरी क्षेत्रमा बाक्लो बसोबास र प्रदूषणसमेत बढ्दै गएकाले पुष्प व्यवसायमा ठूलो समस्या देखिएको बताउने श्रेष्ठ गाउँमा पुष्प व्यवसाय गर्दा नचल्ने दाबी गर्छन् । भन्छन्, “फूल सहरमै उत्पादन र बिक्री गर्नुपर्ने अवस्था छ, तर जनघनत्वको कारणले जमिन घटिरहेको छ । पानीका प्राकृतिक स्रोतहरु सुकिरहेका छन् । सहर प्रदूषित हुँदै गएको छ । प्रदूषण बढ्दै जाँदा फूल उत्पादनमा असर परेको छ । लगानी गर्ने कुरामा पनि समस्या छ । किनभने जसले कृषि गर्छ, ऊसँग सरकारका बैंक तथा वित्तीय संस्थामा धरौटी राख्ने जमिन छैन । जोसँग जमिन छ उसले खेती गर्दैन । बैंक तथा वित्तीय संस्थाले धितो नराखी ऋण दिने चलन छैन । त्यसकारण आर्थिक समस्या पनि छ ।” 

उनले थपे, “अर्कोतर्फ प्राविधिक समस्याको कारण लाखौँ लगानी डुब्ने गरेको छ । देशभित्र प्रविधिक अनुसन्धान शून्य नै छ । वनस्पति विभाग, विश्वविद्यालयहरु, कृषि अनुसन्धान परिषद् लगायत अनुसन्धान गर्ने निकायले अनुसन्धान गरेका छैनन् । जसले गर्दा अहिले पनि हामी कृषिका अन्य स्रोतमा ध्यान दिन सकेका छैनाँै ।”
फ्यानका महासचिव विश्वमणि पोख्रेलले पुष्प प्रदर्शनको लागि प्रदर्शनी स्थलको अभावसँगै व्यवसायीले धेरै मूल्य तिरेर स्टल राख्नुपर्ने अवस्था रहेको गुनासो गर्छन् । बिरुवा महँगो पर्ने भएकाले उपभोक्तालाई समेत मार्का परेको उनी बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro