अर्थ व्यवसाय
काठमाडौं । कात्तिक एक गतेबाट सुरु भएको १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आज अन्तिम दिन । मेलामा भिडभाड देखिएको छ । मनै लोभ्याउने विभिन्न थरीका फूलले जो कोहिलाई आकर्षित गरेको छ ।
तिहार लक्षित गरेर फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको मेलामा तीन दिनमै अपेक्षा भन्दा बढीको कारोबार भएको फ्यानले जानकारी दिएको छ । चार दिनसम्म चल्ने मेलामा एसोसिएसनले ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको थियो तर आइतबार तेस्रो दिनमा नै साढे ५६ लाख रुपैयाँको कारोबार भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६ १५:०३
प्रतिक्रिया दिनुहोस्