site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोशनी शाहीले दिइन् प्रहरीमा निवेदन, भन्छिन्– सभामुखबाट ममाथि कुनै  दुर्व्यवहार भएको छैन 

काठमाडौं (रासस) । सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुव्र्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूमाथि कुनै दुव्र्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी छिन् । 

तिनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा बुधबार साँझ आफैँ उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराइएकी हुन् । उनले दिएको लिखित निवेदनमा भनिएको छ, “म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियाँमा कसरी समाचार आए, मलाई थाहा छैन । सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन ।”

पीडित भनिएकी ती कर्मचारीले महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको र त्यस्तो कुनै पनि घटना नभएको लिखित जानकारी गराएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro