site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अंग्रेजी पुस्तक ‘माई ग्रेटर नेपाल’ सार्वजनिक

काठमाडौं । पत्रकार तथा लेखक राजन कार्कीको सम्पादनमा प्रकाशित अंग्रेजी भाषाको पुस्तक ‘माई ग्रेटर नेपाल’ सार्वजनिक भएको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पुस्तकका दसैजना लेखक तथा समीक्षकहरूले पुस्तकको विमोचन गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पुस्तकमा राजन कार्कीका अतिरिक्त भरत दाहाल, बुद्धिनारायण श्रेष्ठ, प्रेमसागर पौडेल, नरेन्द्रप्रसाद उपाध्याय, डा. शास्त्रदत्त पन्त, रत्नसंसार श्रेष्ठ, दीर्घराज प्रसाई, वसन्त खडका तथा साध्यबहादुर भण्डारीका आलेख संगृहित छन् । 

कार्यक्रममा प्राडा सुरेन्द्र केसी तथा पूर्व जरनल डा. प्रेमसिंह बस्न्यातले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । प्रेमसागर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तक सम्पादक राजन कार्की, बुद्धिनारायण श्रेष्ठ र बैकुण्ठ भण्डारीले बोलेका थिए ।  

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १८:०१
प्रतिक्रिया दिनुहोस्