site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
इट : च्याप्टर २ आउँदै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । गत वर्ष स्टेफेन किङको नोभेलमा आधारित इट फिल्म रिलिज भएको थियो । जम्मा ३५ मिलियन डलरमा बनेको फिल्मले विश्वभर सात सय मिलियन डलर कमाएको थियो । यति मात्र होइन, प्रस्तुत फिल्म धेरै पैसा कमाउने हरर फिल्मको सूचीमा पनि परेको थियो । अब उपन्यासको आधा भागको रुपमा च्याप्टर २ आउँदैछ ।
 
स्टेफेन किङले ट्विट गर्दै भने, “मैले इट : च्याप्टर २ हेरिसकेँ, निकै डरलाग्दो छ । बिहीबार दिउँसो ट्रेलर आउँदैछ ।” 

स्टेफेन किङ अमेरिकी लेखक हुन् । उनका किताबबाट द साइनिङ, स्ट्याण्ड बाइ मी, द मिस्टजस्ता फिल्महरु बनेका छन् । च्याप्टर २ सेप्टेम्बर ६ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १७:२५
प्रतिक्रिया दिनुहोस्