site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
लेड जेप्लिनको डकुमेन्ट्री फिल्म बन्ने

एजेन्सी । लेजेण्डरी ब्याण्ड लेड जेप्लिनको डकुन्मेन्ट्री फिल्म बनाउने घोषणा गरिएको छ । प्रस्तुत डकुमेन्ट्री फिल्म बर्नार्ड म्याकमहोनले निर्देशन गर्नेछन् । 

बर्नार्डले यसभन्दा अघि अमेरिकन इपिक नामक म्युजिकल डकुमेन्ट्री निर्देशन गरेका थिए । अघिल्लो वर्ष नै ब्याण्ड खुलेको पचास वर्ष पुगेको थियो । विश्वकै टप सेलिङ ब्याण्डले कसरी आफ्नो यात्रा तय गर्‍यो, यात्रामा के-के भोग्यो ? भन्ने कुरालाई देखाउन मात्र नभएर ब्याण्डलाई संसारभर चिनाउन आफूले डकुमेन्ट्री बनाउन लागेको बर्नार्डले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बर्नार्डले भने, “सन् १९८० मा ब्याण्डका ड्रमर जोन बोन्ह्यामको निधनले ब्याण्डले ब्रेक लिएको थियो । सन् २००७ मा ड्रमर जोन बोन्ह्यामका छोरा ज्यासुन बोन्ह्यामलाई ड्रमर राखेर लेड जेप्लिन रीयूनियन भएको थियो । जुन कन्सर्ट हेर्न बीस मिलियनले टिकट किन्न खोजेका थिए । इतिहासकै उत्कृष्ट ब्याण्डको डकुमेन्ट्री बनाउनु मेरो लागि खुशीको कुरा हो ।”

डकुमेन्ट्रीमा ब्याण्डका सदस्यको अन्तर्वार्ता पनि राखिने बताइएको छ । ब्याण्डका गितारिस्ट जिम्मी पेज भन्छन्, "बर्नार्डले अमेरिकन इपिकमा जसरी आफ्नो क्षमता प्रदर्शन गरेका छन्,त्यसरी नै हाम्रो डकुुमेन्ट्रीमा  पनि कोशिस गनेछन् ।” फिल्मको टाइटल भने अझै तोकिएको छैन ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १४:४७
प्रतिक्रिया दिनुहोस्