
काठमाडाैं । गीतकार राम लामा ‘’अविनाशी’’को दोश्रो म्यूजिक भिडियो "काठमाडाैं शहरमा" सार्वजनिक भएको छ। उदियमान यूवा गायक सविन लामाको स्वर रहेको सो गीतमार्फत गीतकार राम लामा अविनाशीले वैदेशिक रोजगारीको पिडालाई देखाउन खोजेका छन् ।
"काठमाडाैं शहरमा" नामक गीतमार्फत गीतकार लामाले बाबुआमालाई काठमाडाैं शहरमा राख्ने अविलाशाले वैदेशिक रोजगारीमा गएको छोराको संघर्षलाई देखाएका छन् । अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टका कोषाघ्यक्ष समेत रहेका गीतकार लामा पत्रकारितामा समेत संलग्न छन्।
अमेरिकाबाट संञ्चालित वी आर टीनेपाल अनलाईनका उनी प्रबन्घ निर्देशक हुन्। नेपाली साहित्यलाई प्रर्बधन गर्ने उद्देश्यले गीतकार लामाले अन्तर्राष्ट्रिय साहित्य समाजमार्फत २५ सय अमेरिकी डलरको राम लामा साहित्य पुरस्कार समेत स्थापना गरेका छन् ।
सो पुरस्कार हरेक दुई वर्षमा प्रवासमा रहेर नेपाली साहित्यको अविबृघ्दिमा संलग्न साहित्यकारलाई प्रदान गरिने गरिन्छ। यसअघि गीतकार लामाको "मेरो बदनाम" नामक बोलको गायक यम बरालको स्वरमा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो।