site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘एभेन्जरः इण्डगेम’को बक्स अफिसमा नयाँ रेकर्ड 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । शुुक्रबार रिलिज भएको ‘एभेन्जरः इण्डगेम’ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । पहिलो हप्तामै ‘एभेन्जरः इन्फिनिटी वार’को रेकर्ड तोड्दै यो चलचित्रले ६ सय ४४ मिलियन डलर कमाइसकेको छ । अप्रिल २०१८ मा रिलिज भएको ‘एभेन्जरः इन्फिनिटी वार’ले ६ सय ४१ मिलियन डलर कमाएको थियो । 

‘एभेन्जरः इण्डगेम’ एन्थोनी रुस्सो र जोइ रुस्सोद्वारा निर्देशित चलचित्र हो । यसलाई इन्फिनिटी वारको दोस्रो भागको रुपमा चिनिन्छ । इण्डगेम मार्भलको बाइसौँ चलचित्र हो । इण्डगेममा रोबर्ट डाउनी जेआर, क्रिस इभन्स, मार्क रुफलो, क्रिस हेम्सवर्थ, स्कारलेट जोनसनलगायत कलाकारको अभिनय रहेको छ । 
टाइम
 

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १३:०५
प्रतिक्रिया दिनुहोस्