साहित्य

काठमाडौं । गायक युवराज चौंलागाईं नयाँ गीत ‘लटर पटर’ लिएर स्रोता तथा दर्शक माझ आएका छन् । गीतकार राजेन्द्र थापाको शब्द रचना रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् ।
युवराजलाई लेडिज भोकलमा अनुष्का पाठकले साथ दिएकी छन् । भिडियोमा प्रियंका कार्की, सुनिल क्षेत्री र गायक युवराज स्वयम् फिचर्ड छन् ।
गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन गरेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६ १९:०८
प्रतिक्रिया दिनुहोस्