
विराटनगर । मिस नेवाः कोशीको दोस्रो अडिसन सुनसरीको धरानमा सम्पन्न भएको छ । गत शनिबारदेखि प्रदेश १ का मुख्य सहरमा अडिसन सुरु भएको हो ।
गत वर्ष विराटनगरमा केन्द्रित अडिसनलाई प्रदेश–१ का प्रमुख सहरमा पुर्याउने लक्ष्यका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले बताएउँदै भने,‘‘नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको हो ।’’ नेवारी संस्कृतिलाई नेपालकै धनी संस्कृतिका रुपमा लिने गरिन्छ ।
चलचित्र निर्देशक रविन श्रेष्ठ, नेवा एकता समाजका संस्थापक उपाध्यक्ष महेश श्रेष्ठ, नेपाल जेसीजकी महासचिव आयुष्मा शाक्य, मिस पूर्वाञ्चलकी फष्ट रनरअप सिम्रन श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
अडिसनमा १२ जनाभन्दा बढी युवती प्रतिस्पर्धामा उत्रिएका थिए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवती प्रतिस्पर्धामा उत्रिएका छन् । विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बीमासहितका आकर्षक पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए ।
“दोस्रो चरणको अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धीहरूको उत्साहजनक सहभागिता देखिएको छ,” ताम्राकारले भने, “सहभागी र शुभेच्छुकको उपस्थितिले हामी निकै नै उत्साहित भएका छौं ।”
धरानपछि इटहरी र दमकमा छनौट चरणका प्रतिस्पर्धा गरिने आयोजकको भनाइ छ । सबै स्थानबाट छनौट भएर आएकाहरूलाई विराटनगरमा दोस्रो चरणको बन्द प्रशिक्षणमा राखिनेछ । विगतमा विराटनगर र आसपासका क्षेत्रलाई समेटेर प्रतियोगिता आयोजना हुने गरेको थियो ।